Madhes Khabar
शिक्षा हेडलाइन

कलैयाको श्री ३ चन्द्र माविको नवगठित व्यवस्थापन समिति विरुद्ध अदालतको अन्तरिम आदेश

फाइल फोटो

बारा,२१असोज : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ अवस्थित देशकै तेस्रो पुरानो विद्यालय श्री ३ चन्द्र माध्यमिक विद्यालयमा नियमविपरित विद्यालय ब्यवस्थापन समिति गठन भएको भन्दै उच्च अदालत अस्थायी इजलाश वीरगन्जले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको इजलाशले अन्तरिम अल्पकालीन आदेश जारी गरेको हो । श्री ३ चन्द्र उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन एकलौटी रुपमा भएको र उक्त समिति गठनमा रितपूर्वक पुरा गर्नु पर्ने नियमहरुको पालना नभएको र नवगठित व्यवस्थापन समितिमा अनियमिततापनि भएको भन्दै अदालतमा रिट परेको थियो ।

उक्त रिमाथि सुनसवाई गर्दै अदालतले दिएको अन्तरिम आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सबुद प्रमाण सीत म्याद सूचना पाएका मितिले बाटोको म्याद बाहेक १५ दिन भित्र विपक्षीहरुलाई आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश गरिन्छ । ’

श्री ३ चन्द्र माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा विपक्षीहरुको आपसी मिलोमोतोमा सदस्यहरु तथा अध्यक्षमा शिक्षा नियमावली, २०५९ ले निर्दिष्ट गरेको प्रकृया पुरा नगरी चयन गरेको अदालतमा रिट हालेका निवेदकको दावी छ ।

विद्यालय व्यवस्थापन समिति कार्यविधि अनुसार माध्यमिक विद्यालय कक्षा १२ सम्मको पठनपाठन हुने विद्यँलयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि कम्तिमा प्रविणता प्रमाण पत्र तह वा सो सरहको परिक्षा उतिर्ण गरेको हुनुपर्ने भएको तर अहिले अध्यक्षमा चयन गरिएका व्यक्ति हरिओम सोनार १२ कक्षा उतिर्ण नभएकालेपनि उनि अयोग्य रेहको निवेदकको दाबी छ ।

विद्यालय व्यवस्थापन समितिमा गठन गर्ने गरि विपक्षीहरुबाट भदौ ५ को निर्णय जहाँ जे जस्तो अवस्थामा छ कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ ।अदालतले अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई असोज २२ गते बोलाएको छ ।

Related posts

प्रधानमन्त्री प्रचण्डलाई भेटेरै सांसद यादवले मागे वीरगन्जका लागि विशेष प्याकेज

MadhesKhabar

सिर्सिया नदिलाई प्रदूषीत बनाउने उद्योगहरुलाई कारबाही गर्न सांसद यादवको माग

MadhesKhabar

अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

MadhesKhabar

Leave a Comment