Madhes Khabar
राजनीति

सरकारलाई दिएको समर्थन जसपा नेपालले फिर्ता लियो

काठमाडौं,१०असार : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई समर्थन फिर्ता लिएको घोषणा गरेका छन्। मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको समेत बताए ।

उनले सत्तारुढ एमाले–कांग्रेस गठबन्धनको तीव्र आलोचना गर्दै सरकारलाई दिएको समर्थनबाट पछुताउनु परेको बताए।सरकार जनताको पक्षमा नभइ बिचौलियाको लागि बनेकाले समर्थन कायम राख्नु संविधान,संघीयता र जनतासँग गद्दारी हुने उनको भनाइ छ ।
अध्यक्ष यादवले वर्तमान सत्ता गठबन्धनले जनताको कुनै चासो नराखी केवल सत्तामा टिकिरहने खेल खेलिरहेको आरोप लगाए । सरकारको सम्पूर्ण ध्यान सत्ता जोगाउने, पद बाँड्ने, प्रशासन हल्लाउने र जनताको नाममा बजेट बेच्ने काममा लागेको उनले बताए । उनले वर्तमान सत्ता गठबन्धन पूर्णरुपमा असफल भइसकेको उल्लेख गरे।

उनले संविधान संशोधन गर्ने सरकारको कुनै चाहना भएको र सरकार बनाउनका लागि राजनीतिक स्टन्डमात्रै गरेको टिप्पणी गरे। यादवले राजनीतिक नेतृत्वको सत्ता मोहबाट देश मुक्त हुनुपर्ने बेला आएको जिकिर गरे।

Related posts

उपेन्द्र यादव बारा २ बाट उम्मेदवार सिफारिस

MadhesKhabar

बारा २ मा असन्तुष्ट कांग्रेसीहरुको पनि भोट पाएर म जित्छु : अरुण ज्ञवाली

MadhesKhabar

जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्दै

MadhesKhabar

Leave a Comment