Madhes Khabar
राष्ट्रिय

यातायात व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं,२०जेठ:यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

गण्डकी प्रदेशको निर्णय प्राप्त भएकाले आज बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको यातायात व्यवसायी महासंघका महासचिव भरत नेपालले बताए ।

 

उनले भने, ‘गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेको खबर औपचारिकरूपमा पायौं । अहिलेलाई हामीले आन्दोलन फिर्ता लिएका छौं । भोलि बिहानदेखि गाडीहरू निर्वाध चलाउँछौं ।’

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।

मंगलबार साँझ गण्डकी सरकारले उक्त नियमावली एक महिनाका लागि स्थगित गरेपछि भने यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् ।

यससँगै भोलि(बुधबार)देखि निर्वाधरुपमा सवारी सञ्चालन हुनेछन् ।

Related posts

१ क्विन्टल भनिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै

MadhesKhabar

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

MadhesKhabar

उपसभामुखमा रास्वपाकी रानामगर निर्वाचित

MadhesKhabar

Leave a Comment