Madhes Khabar
राष्ट्रिय

१ क्विन्टल भनिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै

गालेर जाेखिएकाे सुन ।फाेटाे: अनलाइनखबरबाट

काठमाडौं,३०साउन: काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद गरिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन मंगलबार गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको हो ।

गाल्नुअघि यो सुन ६० किलो ७८९ ग्राम थियो । गाल्दा खेरि सुन ७३ ग्राम घटेको छ ।

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।

सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो । सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो ।

सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।साभार:अनलाइनखबर

Related posts

उम्मेदवारी दिने बित्तिकै सांसद पद सकिन्छ: निर्वाचन आयोग

MadhesKhabar

पर्सा राष्ट्रिय निकुञ्जमा गौरी गाई (गौर) को संख्या बढयो

MadhesKhabar

महिलाले अधिकार नपाएसम्म देशको विकास हुन सक्दैन: मन्त्री यादव

MadhesKhabar

Leave a Comment