Madhes Khabar
राजनीति

संघीयता विरोधीहरुलाई समयले नै तह लगाउँछ : लोसपा नेता सोनल

सर्लाही,१०कार्तिकःलोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका बरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले संघीयता विरोधी राजनीतिक शक्तिलाई समयले नै तह लगाउने बताएका छन् ।

सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमितिले आयोजना गरेको पदभार ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै लोसपाका मधेस प्रदेश अध्यक्षसमेत रहेका सोनलले अहिले संघीयतालाई बदनाम गराएर यसको अस्तित्व नै सकाउने नियत राखेर केहि राजनीतिक दलले संंघीयता विरोधी गतिविधी गरिरहेको भएपनि उनिहरु सफल नहुने दाबी गरे । त्यस्ता संघीयता विरोधीहरुलाई समयले नै तह लगाइदिने उनले बताए ।

मधेस सरकारका पूर्वमन्त्री समेत रहेका सोनलले प्रहरी समायोजन ऐन पारित नहुदाँँ प्रदेश सरकार नाम मात्र भएको बताए । संघ सरकारले प्रदेश सरकारलाई अधिकार नै दिन नचाहेको भन्दै उनले जनसंख्याको आधारमा संघीय बजेट वितरण नगगरिएसम्म मधेस प्रदेशको विकास र समृद्धिले गति लिन नसक्ने बताए ।

लोसपाका जिल्ला अध्यक्ष रामप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई पार्टीका अर्का वरिष्ठ उपाध्यक्ष प्रदिप नारायण यादव,महासचिव रामप्रवेश बैठा र देवेन्द्र कुमार यादव लगायतलेपनि सम्बोधन गरेका थिए ।

 

Related posts

१९ वर्ष अघि भएको गौर हत्याकाण्डको अनुसन्धान सुरु, तीनपुस्ते खोज्दै प्रहरी

MadhesKhabar

दलितवस्तीमा पुगेर रिजालले गरे सहभोज , रिजाललाई नै जिताउने दलितहरुको सामुहिक घोषणा

MadhesKhabar

पर्सा २ मा चौरसियाको जनलहर : एमालेका प्रभावशाली युवा नेताहरु काँग्रेसमा प्रवेश

MadhesKhabar

Leave a Comment