Madhes Khabar
राजनीति हेडलाइन

पर्सा २ मा चौरसियाको जनलहर : एमालेका प्रभावशाली युवा नेताहरु काँग्रेसमा प्रवेश

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : वीरगन्जमा नेकपा एमाले र लोसपाका प्रभावशाली युवा नेताहरु , एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।पर्सा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेलको पहलमा एमालेका प्रभावशाली युवा नेताहरुको समुह काँग्रेसमा प्रवेश गरेको हो ।

सोमबार वीरगन्जको रोधमाइमा आयोजित एक कार्यक्रममा एमालेका युवा नेता एंव पुर्व मन्त्री विमल श्रीवास्तवका स्वकीय सचिव चन्दन मिश्रा , रन्जन मिश्रा , सन्नी गुप्ता , सुरेन्द्र यादव , सन्तोष गुप्ता, विशाल पाण्डे गरि दर्जनौ नेताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार पटेलले अबीर टिका र टोपी लगाइ दिएर काँग्रेसमा स्वागत गरे ।

उनिहरुलाइ पार्टीमा स्वागत गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले काँग्रेस प्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको र यसले चुनावमा काँग्रेसको जितलाई सुनिश्चित बनाइरहेको भन्दै खुशी व्यक्त गरे । उनले काँग्रेस प्रति आम जनताको भरोसा र आशा रहेको भन्दै मुलुकको समृद्धि काँग्रेसबाटै सम्भव रहेको पनि बताए ।

कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन, बहुदरमाइ नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह , काँग्रेसका क्षेत्रीय सचिव रन्जित पटेल लगायतको पनि उपस्थिति थियो ।

Related posts

वीरगन्जको विद्युत प्राधिकरणमा तालाबन्दी गर्ने तरुण दलकाे चेतावनी

MadhesKhabar

वीरगन्जमा खिंचडी महोत्सवको रौनक ( फोटो फिचर सहित )

MadhesKhabar

पिपरडारीमा छैन चुनावको उत्साह, गाँउले भन्छन् : नेता भनेका साच्चै स्वार्थी हुन्छन्

MadhesKhabar

Leave a Comment