Madhes Khabar
मधेस प्रदेश

त्रिशुली दुर्घटनाका मृतकका परिवारलाई १/१ लाख राहत दिने मधेसका मुख्यमन्त्री सिंहको घोषणा

जनकपुरधाम,३१असारःमधेस प्रदेश सरकारले पहिरोले बिगाएर त्रिशुली नदीमा खसेका दुईवटा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई जनही १/१ लाख रुपैया राहत दिने घोषणा गरेको छ ।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका परिवारलाई प्रतिव्यक्ति यस्तो घोषणा गगरेका हुन् ।

‘दुर्घटनामा परी ज्यान गुमाउने मधेसका जिल्लाका पीडित परिवारलाई राहत दिने घोषणा गरेका छौ’, मुख्यमन्त्री सिंहले भने ।मृतकका सम्बन्धित प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा उक्त रकम उपलब्ध गराइने सिंहले बताए ।

असार २८ गते शुक्रबार पर्साको रंगपुरबाट वीरगन्जहुदैं काठमाडौँ जाँदै गरेको एञ्जल बस र काठमाडौँबाट गौर आउँदै गरेको गणपति डिलक्सको बस नारायणगढ–मुग्लीन सडकखण्डमा पर्ने सिमलतालमा लेदोसहितको पहिरोले बगाएर त्रिशुली नदीमा खसेको थियो । दुई बसमा चालक, यात्रुसिहित ६५ भन्दाब ढी मानिस सवार रहेकोमा अहिलेसम्म १२ जनाको मात्र शव फेला परेको छ ।

Related posts

मधेसमा अचम्मको गाँउ : छोराछोरी नागरिक , आमाहरु अनागरिक

MadhesKhabar

महाेत्तरीमा दुईवटा माेटरसाइकल आपसमा ठाेक्किदा दुई जनाकाे मृत्यु

MadhesKhabar

सर्लाहीमा बाढीले बगाएर दुई जनाको मृत्यु

MadhesKhabar

Leave a Comment