Madhes Khabar
मधेस प्रदेश

तस्करहरुसंगकाे भिडन्तमा ६ सशस्त्र प्रहरी घाइते

सांकेतिक तस्बिर ।

जनकपुरधाम,२०असार:धनुषामा सशस्त्र प्रहरी र तस्करहरुबीच भीडन्त हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । विदेह नगरपालिका–२, वैदेही दुहबीस्थित दशगजा नजिक बिहीबार बेलुकअं करिब ७ बजे सशस्त्र प्रहरी र तस्करहरुबीच भिडन्त भएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार करिब ३० जना प्रहरीको टोलीले तस्करीको सामान आँपको बगैँचामा राखिएको सूचना पाएपछि छापा मार्न गएको थियो । आँप बगैंचामा सशस्त्र प्रहरीले पुगेलगत्तै करिब एक सयभन्दा बढी तस्करहरू घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमणमा उत्रिएका थिए ।

अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको खड्काले जानकारी दिए । भीडन्तमा घाइते भएका सशस्त्र प्रहरीहरूकाे जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Related posts

सप्तरी २ : उपेन्द्र यादव भन्दा सिके राउतकाे दाेब्बर अग्रता

MadhesKhabar

बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका शीवशंकर साह एमाले महाधिवेशन प्रतिनिधि

MadhesKhabar

सर्लाहीमा तस्करीको मल नियन्त्रणमा लिन गएकाे प्रहरी र स्थानीय बिच झडप

MadhesKhabar

Leave a Comment