Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा तस्करीको मल नियन्त्रणमा लिन गएकाे प्रहरी र स्थानीय बिच झडप

फाइल फाेटाे

वीरगन्ज ,२५जेष्ठ : सर्लाहीमा प्रहरी र स्थानीयबिच झडप भएको छ। भारतबाट लुकाई छिपाइ रासायनिक मल ल्याएर घरमा भण्डारण गरेको सूचनाको आधारमा प्रहरीले बरामद गर्न खोजेपछि प्रहरी र स्थानीयवासीबिच झडप भएको हो।

सर्लाहीको धनकौल गाउँपालिका ७ बैरिया टोलमा बिहीबार प्रहरी र स्थानीयबिच झडप भएको हो। स्थानीय राजु सहनीको घरमा लुकाई छिपाइ राखिएको अवैध तस्करीको भारतीय मल जिल्ला प्रहरी कार्यालय मलङवाको टोलीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो।

सहनीको घरबाट प्रहरीले नियन्त्रणमा लिई मल लिएर जान खोज्दा स्थानीयवासीले प्रहरीलाई अवरोध गर्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। करिब डेढ सयदेखि दुई सय बोरा रासायनिक मल रहेकोमा स्थानीयवासीले आधाभन्दा बढी मल लुटेर लगेका छन्। प्रहरीमाथि ढुंगामुढा बर्साउँदै स्थानीयवासीले मल लुट्न थालेको थिए। प्रहरीले ७२ बोरा मल भने बरामद गर्न सफल भएको छ।

प्रहरी र स्थानीयवासीबिच झडपको स्थिति भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी गराएका छन्।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुमित कुशवाहाको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि डिएसपी थारुको नेतृत्वमा थप मद्दत पुगेको थियो। थप मद्दतसहितको टोलीले तस्करीको मललाई नियन्त्रणमा लिएर सदरमुकाम मलङवा पुर्‍याएको छ।

स्थानीयसगँको झडपमा प्रहरी निरीक्षक कुशवाहा सामान्य घाइते भएको प्रहरीले जनाएको छ। अवैध मल भण्डारण गरेर राख्ने घरधनी राजु सहनी फरार रहेका छन्। फरार सहनीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।साभार:नागरिक

Related posts

एमाले नेतृलाई कुटपिट गरेकाे आराेपमा पत्रकार महासंघ राैतहटका अध्यक्ष झाविरुद्ध मुद्दा दर्ता

MadhesKhabar

अहिलेकाे गठबन्धन देशकाे आवश्यकताले बनेकाे हाे : एमाले महासचिव पाेख्रेल

MadhesKhabar

पर्सा ४ (ख ) को प्रदेशसभा सदस्यमा दोहोरिए कलवार

MadhesKhabar

Leave a Comment