Madhes Khabar
समाज

वीरगन्जलाई हराभरा र सुन्दर बनाउन सबैले हातेमालो गरौँ : मेयर सिंह

वीरगन्ज,१३असाेज: वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जलाई हराभरा र सुन्दर बनाउने अभियानमा हातेमालो गर्न आह्वान गरेका छन् । सबैले हेर्न लायक र घुम्न लायक वीरगन्ज बनाउने अभिभारामा आफु जुटेको बताउँदै उनले महानगर एक्लैको प्रयासले सम्भव नहुने बताएका छन् ।

अलाइड युथ सोसाइटीले वीरगन्जस्थित मधेस विश्वविद्यालय परिसरमा शनिबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा मेयर सिंहले वीरगन्जका युवाहरु सामाजिक कार्यमा सक्रिय भइरहेको प्रति खुशी व्यक्त गर्दै युवाको सहभागिता बिना समृद्धि सम्भव नहुने धारणा राखे ।

मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले युवा नै समृद्धिको आधार भएको बताए । देशका मेरुदण्ड मानिने युवाहरु सामाजिक कार्यमा सरिक भएर सामाजिक सद्भाव र भाइचारा कायम राख्नुपर्ने उनको सुझाव छ ।

समृद्ध नेपाल फाउण्डेशनसँगको सहकार्यमा अलाईड युथ सोसाइटीले मधेस विश्वविद्यालय परिसरमा विरुवा रोपेको हो । सोसाइटीका जनसम्पर्क अधिकृत कृष गुप्ताको संयोजकत्वमा गुलमोहर, निम, सिम्जन, मसाला सहित विभिन्न प्रजातीका फूल गरेर १ सय वटा विरुवा रोपिएको सोसाइटीका अध्यक्ष ओम कुमार झाले जानकारी दिए ।

विरुवा रोप्ने क्रममा वीरगन्ज महानगरपालिकाका सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँ, सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय देवेन्द्र सिंह, संगम श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडा, युवा अभियानता दिलिपराज कार्की, समाजसेवी महेश सिंह धामी, समृद्धी नेपाल फाउण्डेशनका संस्थापक आयुष गुप्ता लगायतको उपस्थिती रहेको फाउण्डेशनका अध्यक्ष सिद्धार्थ गुप्ताले जानकारी दिए ।

Related posts

ठोरीको आश्रममा लायन्स क्लबहरुद्धारा मेडिकल र खाद्यान्न सहयोग

MadhesKhabar

लायन्स क्लब अफ सेन्ट्रल सिटीद्वारा वीरगन्जकाे कपडा बैंकलाई कपडा हस्तान्तरण

MadhesKhabar

ठाेरीका क्यान्सर पिडित तमाङका लागि ५ दिनमै साढे ११ लाख रुपैयाँ सहयोग संकलन

MadhesKhabar

Leave a Comment