Madhes Khabar
शिक्षा

वीरगन्जमा लोकसेवा तयारी केन्द्रको उपमेयर आलमले गरे उद्धघाटन

वीरगन्ज, २४ साउन : वीरगन्जमा सञ्चालनमा आएको मधेस लोकसेवा तयारी केन्द्रको वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उद्घाटन गरेका छन् ।

बुधबार केन्द्रको उद्घाटन गर्दै उपमेयर आलमले यस केन्द्रले वीरगन्ज महानगर र यस आसपासका विद्यार्थीहरुको उज्वल भबिष्य निर्माणमा महत्वपूर्ण जिम्मेवारी पूरा गर्ने विश्वास लिएको बताए ।पछिल्लो समय मधेसमा पनि सरकारी जागीरका लागि लोक सेवा आयोगको परिक्षा प्रति युवायुवतीहरुको आकर्षण बढ्दै गएको भन्दै उनले यो मधेसकै लागि सुखद पक्ष रहेको बताए ।

मधेस लोकसेवा तयारी केन्द्रले लोक सेवा आयोग, शिक्षक सेवा , बैकिङ्ग सेवाको तयारी कक्षाका साथै कम्प्युटर कक्षा, प्राविधिक सेवा लगायत अन्य कोर्सहरु पढाउने केन्द्रका निर्देशक शेष कुमार हजराले बताए ।उद्धाघाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाको वडा नम्बर २६ , २७ र २८ का वडा अध्यक्षहरुकोपनि उपस्थिति रहेको थियो ।

Related posts

पर्साका दलितबस्तीमा बालबालिकाका लागि ‘घरदैलो शिक्षा अभियान’ सञ्चालन गर्ने तयारी

MadhesKhabar

सरकारी विद्यालयमा मेयर सिंहको अनुगमन, एकै विद्यालयका २४ शिक्षक कारबाहीमा

MadhesKhabar

वीरगन्जमा खुलेकाे ‘सफल लोकसेवा तयारी केन्द्र’ को मन्त्री यादवले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment