वीरगन्ज,२३असाेज:वीरगन्जमा खुलेकाे ‘सफल लोकसेवा तयारी केन्द्र’ को बुधबार उद्घाटन गरिएको छ ।संघीय सरकारका खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नमघ१ का सांसदप्रदीप यादवले केन्द्रकाेउद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बाेल्दै मन्त्री यादवले स्थानीय युवाहरूको पहलमा स्थापना भएको यस केन्द्रले सरकारी सेवामा करियर बनाउने चाहना राख्नेहरूको लागि ठुलो अवसर सिर्जना गर्ने विश्वास आँफुले लिएको बताए ।मधेसका युवाहरूलाई सक्षम र योग्य जनशक्ति बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
केन्द्रका सञ्चालक हरिन्द्र साहले वीरगन्जसहित मधेसका युवालाई लक्षित गर्दै सफल लोकसेवा तयारी केन्द्र सञ्चालन गरिएको बताएकेन्द्रमा निजामती सेवा, शिक्षक सेवा, संस्थान सेवा, सुरक्षा, बैंकिंग लगायतको तयारी गराइने उनले बताए । केन्द्रमा दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराइने पनि यादवले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेकमहमद अन्सारी, जनता समाजवादी पार्टी (जसपा) का नेता तबरेज अहमद ,वीरगन्ज-१५ का वडाध्यक्ष रमेश यादव लगायतकोपनि उपस्थिती रहेको थियो ।

