Madhes Khabar
शिक्षा

वीरगन्जमा खुलेकाे ‘सफल लोकसेवा तयारी केन्द्र’ को मन्त्री यादवले गरे उद्घाटन

वीरगन्ज,२३असाेज:वीरगन्जमा खुलेकाे ‘सफल लोकसेवा तयारी केन्द्र’ को बुधबार उद्घाटन गरिएको छ ।संघीय सरकारका खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नमघ१ का सांसदप्रदीप यादवले केन्द्रकाेउद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बाेल्दै मन्त्री यादवले स्थानीय युवाहरूको पहलमा स्थापना भएको यस केन्द्रले सरकारी सेवामा करियर बनाउने चाहना राख्नेहरूको लागि ठुलो अवसर सिर्जना गर्ने विश्वास आँफुले लिएको बताए ।मधेसका युवाहरूलाई सक्षम र योग्य जनशक्ति बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

केन्द्रका सञ्चालक हरिन्द्र साहले वीरगन्जसहित मधेसका युवालाई लक्षित गर्दै सफल लोकसेवा तयारी केन्द्र सञ्चालन गरिएको बताएकेन्द्रमा निजामती सेवा, शिक्षक सेवा, संस्थान सेवा, सुरक्षा, बैंकिंग लगायतको तयारी गराइने उनले बताए । केन्द्रमा दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराइने पनि यादवले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेकमहमद अन्सारी, जनता समाजवादी पार्टी (जसपा) का नेता तबरेज अहमद ,वीरगन्ज-१५ का वडाध्यक्ष रमेश यादव लगायतकोपनि उपस्थिती रहेको थियो ।

Related posts

भगवान यादवले अटेरी गरेपछि हरिखेतान क्याम्पसमा मेयर सिंहले चलाइदिए डाेजर

MadhesKhabar

प्रजनन् स्वास्थ्य लगायतका विषयमा बाराका किशोरीहरुलाई दिइयो तालिम

MadhesKhabar

बारामा कांग्रेस युवा नेता सिंहको पहलमा विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण

MadhesKhabar

Leave a Comment