Madhes Khabar
शिक्षा

पर्साका दलितबस्तीमा बालबालिकाका लागि ‘घरदैलो शिक्षा अभियान’ सञ्चालन गर्ने तयारी

फाइल तस्बिर ।

वीरगन्ज,१८बैशाखःपर्सामा रहेका दलित बालबालिकाको शिक्षामा पहुच बढाउनका लागि दलितबस्तीमा ‘घरदैलो शिक्षा अभियान’ सञ्चालन गरिने भएको छ । दलित समुदायका लागि काम गर्दै आएको पिस फर दलित फाउन्डेसनले यहि बैशाख २० गतेदेखि उक्त अभियान सञ्चालन गर्न लागेको हो । त्यसका लागि ३० दिने कार्य योजना तयार गरिरहेको फाउन्ढेसन पर्साका अध्यक्ष मनोज रामले बताए ।

उनका अनुसार,१ म्हिने अभियानमा दलित बालिबालिकालाई विद्यालयमा भर्ना,दलित बालबालिकाको शिक्षामा पहुँच ,विद्यालय टिकाउ, उत्कृष्ट अंक ल्याउनेलाई पुरस्कृत गर्ने,शैक्षिक सामग्री वितरण गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ । साथै दलित बस्तीमै पुगेर शिक्षाको महत्व बारे अभिभावकहरुमा जनचेतना फैलाउने किसिमका जागरणमुलक कार्यक्रम गर्ने ,दलित समुदायका बालबालिका, अभिभावक र दलित अगुवासंग अन्तरक्रियापनि गरिने रामले बताए । हरेक दलितबस्तीमा पुगेर सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्रको अवधारणा बारे बुझाउने तथा दलित विद्यार्थी समाज तथा दलित अभिभावक संघ गठन गर्ने योजनापनि रहेकोे उनले जानकारी दिए।

एक महिनमे अभियानका लागि ६० जना दलित शिक्षा स्वंयसेवक परिचालन गर्ने र अभियान पर्सा जिल्लाका सबै गाँउका दलितबस्तीमा सञ्चालन गर्ने योजना रहेको उनले बताए । पर्सा जिल्लामा अहिलेपनि ८ हजार बढी दलित बालबालिका विद्यालयको पहुँच बाहिर रहेको भन्दै रामले विद्यालय भर्ना हुने दलित बालबालिका मध्येपनि कतिपयले बिचमै विद्यालय छाड्ने प्रवृति रहेको बताए ।

Related posts

ठाकुररामका महिला कर्मचारीलाई दुर्व्यवहार गर्नेहरुलाई कारबाही गर्न नेविसंघको माग

MadhesKhabar

बालबालिकालाई निशुल्क ट्युसन पढाउने संस्थालाई उपकार सेवा नेपालको सहयोग

MadhesKhabar

एक्सेल कलेजमा वीरगन्ज महानगरपालिकाले गर्याे सिलबन्दी

MadhesKhabar

Leave a Comment