Madhes Khabar
अन्तर्राष्ट्रिय

कोलकत्ताको एक होटलमा आगलागी हुँदा १५ जनाको मृत्यु

वीरगन्ज,१७बैशाखःभारतको पश्चिम बंगालको राजधानी कोलकत्ताको एक होटलमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ। उक्त घटनामा १३ जना घाइते भएका छन् ।

कोलकत्ता सहरको सबैभन्दा व्यस्त बुर्रा बजारमा रहेको ऋतुराज होटलएक होटलमा मंगलबार राति सवा ८ बजेतिर आगलागी हुँदा १५ जनाको मृत्यु भएको पश्चिम बंगालकोे प्रहरीले पुष्टि गरेको छ।मृत्यु हुनेमा ११ जना पुरुष ,२ जना महिला र २ जना बालबालिका रहेका छन् ।

आगलागीको यएकिन कारण नखुले पनि बिजुलीको मिटर बक्स नजिकैबाट आगो लागेको देखिएको छ। दमकल र उद्दारकर्मीहरूले आगो लागेको उक्त होटलबाट करिब एक दर्जन बढी मानिसको सकुशल उद्दार गरेका थिए।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार आगलागीबाट बच्न धेरैजसो मानिसहरू झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । चौथो तलाबाट हाम फाल्ने क्रममा दुईजना घाइतेपनि भएका छन्। घाइतेहरु उपचारपछि अस्पतालबाट घर फर्किएका छन् ।

Related posts

एकपटक काटिएको धानकाे गाँजबाट पुन: धान फलाउन चीनका किसान सफल

MadhesKhabar

भारु दुई हजारकाे नाेट साट्न ७ दिन समय थप

MadhesKhabar

अत्याधिक गर्मीका कारण साउदी अरबमा १४ जना हजयात्रीको मृत्यु

MadhesKhabar

Leave a Comment