Madhes Khabar
रोचक दुनियाँ

सुमोको टायरभित्र लागू औषध लुकाएर काठमाडौं लैजादै गरेका पर्साका मुमताज हेटौडामा पक्राउ

वीरगन्ज,९बैशाखःवीरगन्ज–काठमाडौं रुटमा टाटा सुमो चलाउँदै आएका पर्साका एक युवक ठूलो परिमाणमा लागू औषधसहित हेटौडामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ का २४ वर्षीय मुमताज मियाँ रहेका छन् ।

मंगलबार वीरगन्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ४५१ नम्बरको टाटा सुमोलाई हेटौडा–१५ रातोमाटेमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त टाटो सुमोको हुडमा राखिएको स्पेर टायरभित्र प्वाल पारेर लुकाई छिपाई गरी राखिएको अवस्थामा लागूऔषध अनरेक्स १०० एमएलको २२५ बोतल बरामद भएको हो ।

बरामद लागू औषधसहित उक्त टाटा सुमोका चालक मियाँलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट लागू औषध ओसार पसार कसूर मुद्धामा ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Related posts

गरिब परिवारका भाग्यमानी दुई साथी, जसले भेट्टाए ८० लाख बढीको हीरा

MadhesKhabar

आईफाेन किन्न आमाबुवाले बेचे आठ महिनाकाे बच्चा

MadhesKhabar

एउटा महिलाको पेटमा १३ वटा बच्चा

MadhesKhabar

Leave a Comment