
मधेसखबर
वीरगन्ज, २५ बैशाख : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता हान्छु भनेर फेसबुकमा पोष्ट लेख्ने एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय यज्ञबहादुर बुढा रहेका छन् ।
बुढा , तुलसीपुरबाट राप्ती पहिचान नामको अनलाइन पत्रिकाका सन्चालक हुन् ।
बुढाले फेसबुकमा ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर पोष्ट गरेका थिए ।
त्यसैको अधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बुढालाई पक्रेको हो । पक्राउ परेका बुढामाथि विद्युतीय कारबाही ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

