Madhes Khabar
साहित्य

“आधुनिक भोजपुरी समालोचना” पुस्तकको वीरगन्जमा गरियो विमोचन

वीरगन्ज,८फागुनःवीरगन्जमा बुधबार एक कार्यक्रमको आयोजना गरेर “आधुनिक भोजपुरी समालोचना” नामक पुस्तकको विमोचन गरिएको छ ।वीरगन्ज महानगरपालिकाद्वारा गठित भोजपुरी प्रतिष्ठान वीरगन्जले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार एवं भाषा आयोगका सदस्य गोपाल अश्कद्धारा लिखित “आधुनिक भोजपुरी समालोचना” पुस्तकको विमोचन गरिएको हो ।

वीरगन्ज–४ स्थित कन्या माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा भारतको बिहारका बरिष्ठ साहित्यकार प्राध्यापक डा. हरिन्द्र हिमकरले उक्त पुस्तकको विभिन्न पक्षका बारेमा चर्चा एवं टिप्पणी गरेका थिए ।
हिमकरले गोपाल अश्कले भोजपुरी, नेपाली र हिन्दी भाषामा विभिन्न पुस्तकहरु लेखेर नेपाल एवं भारतमै ख्याति कमाएको चर्चा गरे । उनले यो पुस्तक नेपाली भाषामा लेखिए पनि भोजपुरी भाषा, कला, संस्कृति लगायतका विषयहरु समेटिएकोमा खुसी व्यक्त गरे ।

भोजपुरी प्रतिष्ठान वीरगन्जकी अध्यक्ष अनिता साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डे “हेरम्ब”, डा. विश्वम्भर शर्मा र कुमार सचितानन्दले पुस्तकमा समेटिएका विषयवस्तुहरुको बारेमा आफ्ना भनाई एवं टिप्पणीहरु राखेका थिए ।

त्यसअवसरमा अखिल भारतीय भोजपुरी साहित्य सम्मेलन भारतका साहित्य मन्त्री गुलरेज सहजाद, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुब सिंह ठकुरी, उपाध्यक्ष रितु राज, कलवार सेवा समाजका पूर्व अध्यक्ष इन्द्रदेव साह, विक्रम साह, विजयकिशोर पाण्डे, शतिस चन्द सज्जल, अनिशकान्त कुशवाहा, लेखिका अस्मिता पटेल, छोटेलाल साहका साथै प्रतिष्ठानका सदस्य, साहित्यकार, कलाकार, सञ्चारकर्मी लगायतकोपनि सहभागिता रहेको थियो ।प्रतिष्ठानका कार्य समिति सदस्य अमोद गुप्ताले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजिकरण श्याम सर्राफले गरेका थिए ।

Related posts

भोजपुरी प्रतिष्ठान वीरगंजको कार्य समिति पुनर्गठन,भोजपुरी भाषा , संस्कृती र साहित्यको उजागरमा लाग्न मेयर सिँहको आग्रह

MadhesKhabar

भोजपुरी प्रतिष्ठान वीरगंजले मनायो स्व. भिखारी ठाकुरको १३६ औँ जन्मज्यन्ती

MadhesKhabar

बाराका गोपाल ठाकुर भाषा आयोगको अध्यक्षमा नियुक्त

MadhesKhabar

Leave a Comment