Madhes Khabar
मधेस प्रदेश राजनीति

मधेस प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन, ३ जना महिला

जनकपुरधाम,३असार: मधेस प्रदेश सभामा विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन भएको छ ।

प्रदेश सभामा एक बढी संसाद रहेका ७ दलले एक/एकवटा संसदीय समिति लिने सहमति भएपछि सभापति चयन गरिएको हो ।

जसमध्ये प्रदेश सभा मामिला र कृषि तथा भूमि व्यवस्था समिति बाहेकमा सभापति चयन गरिएको छ ।

सहमतिको माध्यमबाट शनिबार साँझ पाँचवटा समितिका सभापति चयन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा चयन भएकी छन् । त्यस्तै विकास समिति सभापतिमा जसपाका शारदा शंकरप्रसाद कलवार, महिला बालबालिका तथा सामजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादव, अर्थ तथा योजना समितिमा सतिशकुमार सिंह र प्राकृतिक स्रोत तथा वातावरण समितिमा माओवादी केन्द्रकी शारदा पहाडी सभापतिमा चयन भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार प्रदेश सभा मामिला र कृषि बाँकी छ । जसमा कांग्रेस र एकीकृत समाजवादीमा पार्टीभित्र कसलाई बनाउने टुंगो नलाग्दा दुईवटा समितिमा सभापति यचन गर्न बाँकी छ । केही दिनभित्रै दुवै समितिले सभापति पाउने सचिव यादवले बताए ।साभार:अनलाइनखबर

Related posts

दोस्रो पुस्ताका नेतामध्ये सबैभन्दा लोकप्रिय नेता कांग्रेस महामन्त्री गगन थापा

MadhesKhabar

कबीर दास जयन्तीमा आज मधेस प्रदेशमा सार्वजनिक विदा

MadhesKhabar

माओवादी बैठक : राष्ट्रपति बारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई

MadhesKhabar

Leave a Comment