Madhes Khabar
राजनीति

सरकारमा सहभागी हुने राप्रपाकाे निर्णय

फाइल फाेटााे

काठमाडौं ,१३पुस: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जसअनुसार राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्‍बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने लगायतका सर्त सरकारसँग राख्ने निर्णय गरेको छ ।

यस्तै, यसै वर्षबाट कृषि मल कारखाना सुरु गर्नुपर्ने लगायत विषय सम्बोधन गरे मात्रै आफूहरू सरकारमा सहभागी हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

संघीय संसद्‍मा १४ सिट रहेको राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेको छ। तर अहिलेसम्म सरकारमा सहभागी भने भइसकेको छैन । यद्यपि राप्रपाका अधिकांश नेताहरू सरकारमा सहभागी हुन सुरुदेखि नै तयार देखिएका थिए ।

Related posts

नेता द्धिवेदी भन्छन् :अमेरिकी पार्टी रास्वपाले पैसा लिएर व्यपारी र धनाढ्यलाई मात्र उम्मेदवार बनाएको छ

MadhesKhabar

पर्टीले गरेको अपमान विरुद्ध उम्मेदवारी दिएको काँग्रेस नेतृ रायमाझीको भनाई

MadhesKhabar

पर्सा ३ मा एमालेबाट राजकुमार गुप्ताको एकल नाम सिफारिस

MadhesKhabar

Leave a Comment