वीरगन्ज, १५ माघःपर्सा–२ मा नेकपा एमालेकि उम्मेदवार रिमा यादवलाई समर्थन गरेका जसपाका युवा नेता मुकेश द्धिवेदीले रास्वपा नेपालको नभई अमेरिकाको पार्टी भएको आरोप लगाएका छन् ।
पर्सा–२ को बहुदरमाई नगरपालिकामा बिहीबार आयोजित नेकपा एमालेको अगुवा कार्यकर्ता भेलामा बोल्दै द्धिवेदीले भने,‘ रास्वपा नेपालको पार्टी होइन, पश्चिमाहरुले बनाएको पार्टी हो । अमेरिकाको पार्टी हो । घण्टी पार्टीले गाइको मासु खान पाउनुपर्छ भन्नेहरुलाई उम्मेदवार बनाएको छ ।त्यसकारण घण्टी पार्टीबाट सबै जना सतर्क हरनु पर्छ ।’रास्वपाले पैसा लिएर व्यपारी र धनाढ्रयहरुलाई मात्र उम्मेदवार बनाएको आरोपनि उनले लगाए ।
उनले सहकारीको साढे ७ अर्ब रकम ठगेका रवि लामिछानेको घण्टी पार्टी र त्यसका बरिष्ठ नेता बालेन शाहको झुठा कुरामा नफस्न जनतालाई आग्रहपनि गरे ।
आँफु एमालेमा प्रवेश नगरेको तर अशोक राई नेतृत्वको जसपा पार्टी छिन्न भिन्न भएको र उम्मेदवारपनि नउठाएकाले आँफुले पर्सा–२ मा एमालेका उम्मेदवारलाई समर्थन गरेको द्धिवेदीले प्रष्ट पारे ।
नेपाली कांग्रेको भातृ संगठन नेविसंघबाट आफ्नो राजनीति यात्रा सुरु गरेका द्धिवेदीलाई पर्सामा चुनावै पिच्छे दल परिवर्तन गर्ने नेताका रुपमा उनका आलोकहरुले टिप्पणी गर्दे आएका छन् । कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेका द्धिवेदीले हालसम्म आधा दर्जन पार्टी परिवर्तन गरिसकेका छन् ।

