Madhes Khabar
स्थानिय

पर्सामा बाघको आक्रमणबाट एक जना गम्भिर घाइते

सांकेतिक फोटो

वीरगन्ज,१०चैत : पर्सामा बाघको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् । बाघको आक्रमणबाट पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ का सुदामा महतो गम्भिर घाइते भएका हुन् ।

दाउरा लिन जंगलमा गएको बेला महतोलाई बाघले आक्रमण गरेको हो । आक्रमणबाट गम्भिर घाइते भएका महतोलाई श्रीपुर पँचगावास्थित गादीमाई पोलि क्लिनिकमा प्राथमिक उपचार गरि थप उपचारका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा ल्याइएको छ ।

वडा नम्बर २ का वडाअध्यक्ष बिजय गैरेले आफुले एम्बुलेन्सको व्यवस्था गरी उपचारका लागि केही रकमसमेत दिएर थप उपचारका लागि वीरगन्ज पठाएको बताए ।

 

 

 

Related posts

बारामा ८ हजार भन्दा बढी लागू औषधसहित राैतहटका एक काराेबारी पक्राउ

MadhesKhabar

वडाध्यक्षले सिफारिस नदिएपछि दलित र सुकुम्बासीहरुले भूमि आयोग पर्साका अध्यक्षलाई गुहारे

MadhesKhabar

हतकडीसहित भगाइएका लामा निजगढबाट पक्राउ

MadhesKhabar

Leave a Comment