Madhes Khabar
स्थानिय

पर्सामा बाघको आक्रमणबाट एक जना गम्भिर घाइते

सांकेतिक फोटो

वीरगन्ज,१०चैत : पर्सामा बाघको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् । बाघको आक्रमणबाट पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ का सुदामा महतो गम्भिर घाइते भएका हुन् ।

दाउरा लिन जंगलमा गएको बेला महतोलाई बाघले आक्रमण गरेको हो । आक्रमणबाट गम्भिर घाइते भएका महतोलाई श्रीपुर पँचगावास्थित गादीमाई पोलि क्लिनिकमा प्राथमिक उपचार गरि थप उपचारका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा ल्याइएको छ ।

वडा नम्बर २ का वडाअध्यक्ष बिजय गैरेले आफुले एम्बुलेन्सको व्यवस्था गरी उपचारका लागि केही रकमसमेत दिएर थप उपचारका लागि वीरगन्ज पठाएको बताए ।

 

 

 

Related posts

वीरगन्जमा विद्युत आपूर्तिकाे समस्या तत्काल समाधान गर्न नेकपा (एस) काे आग्रह

MadhesKhabar

वीरगन्जको बसपार्कमा प्रहरीको अप्रेशन :यात्रुहरुलाई हैरान पार्ने र ठग्ने १८ बिचौलिया पक्राउ

MadhesKhabar

बाराका एसपी सुरेश काफ्लेकाे सरुवा,अब महेन्द्र खड्का आउँदै

MadhesKhabar

Leave a Comment