
मधेसखबर
वीरगन्ज, ९ फागुन : नेपाल बार एशोसिएशनको आयोजनामा वीरगन्जमा फाल्गुन १२ देखि १४ गते सम्म कानून व्यवसायी महिलाहरुको ३० औ राष्ट्रिय सम्मेलन र बारको केन्द्रीय कार्यकारिणी परिषदको ४८ औ बैठक हुने भएको छ ।कानून व्यवसायी महिलाहरुको सम्मेलनमा देशभरका ७ सय भन्दा बढि कानुन व्यवसायी महिलाहरु सहभागी हुने नेपाल बारले जनाएको छ ।
वीरगन्जमा मंगलबार पत्रकार सम्मेलन गरेर सम्मेलन र बैठठकको बारे जानकारी गराउदै नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष एंव मधेस प्रदेशका संयोजक सुधिर कुमार कर्णले मधेस प्रदेशमा कानून व्यवसायी महिलाको संख्या एकदमै कम भएकाले यो सम्मेलनले मधेस प्रदेशमा समेत कानून व्यवसाय प्रति महिलालाई आकर्शित गर्न महत्वपुर्ण भूमिका खेल्ने विश्वास लिएको बताए ।
वीरगन्जमा पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रममा देशभरबाट ७ सय भन्दा बढी कानून ब्यवासायी महिला सहभागी हुने अनुमान गरिएको अधिवक्ता कर्णले बताए ।
अधिवक्ता कर्णका अनुसार फागुन १२ बिहान ८ बजे वीरगन्जको नगरसभा गृहमा सम्मेलनको समुद्घाटन कायम मुकायम प्रधान न्यायाधिशले गर्ने कार्यक्रम तय भएको छ ।फागुन १३ गते वीरगन्ज घोषणापत्र जारी गरि सम्मेलन सकिने कर्णले बताए ।
सम्मेलन सकिए लगत्तै फागुन १३ गते नै नेपाल बार एशोसिएसनको ४८ औ केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बस्नेछ । उक्त बैठकको उद्घाटन संघिय सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री धुब बहादुर प्रधानले गर्ने जानकारी कर्णले दिए । उक्त बैठकमा देशभरबाट ८ सय जना कानून व्यवसायीहरुको सहभागिता रहने कर्णले बताए ।
परिषदको बैठकमा न्यायालय सुदृढिदकरण ,कानून व्यवसायीको पेशागत दक्षता बृद्धि सम्बन्धि विधान संशोधनको सम्बन्धमा छलफल हुने अधिवक्ता कर्णले जनाकारी गराए ।
मंगलबारको पत्रकार सम्मेलनमा उच्च अदालत बार एशोसिएसन वीरगन्ज अध्यक्ष अधिवक्ता बिशाल चौधरी, पर्सा जिल्ला अदालत बार एशोसिसनका अध्यक्ष अधिवक्ता कमल मोहन पोखरेल, बरिठ अधिवक्ता दिपक राज भण्डारी, पर्सा बारका पुर्व अध्यक्ष अधिवक्ता राजनाथ ठाकुर, उच्च बार वीरगन्जका सचिव अधिवक्ता बिनोद कुमार मल्लीक, कोषाध्यक्ष अधिवक्ता प्रज्ञवल अधिकारी ,पर्सा बारका सचिव अधिवक्ता मुम्ताज अहमद लगायतको उपस्थिती रहेको थियो ।

