Madhes Khabar
स्थानिय हेडलाइन

पर्साको बलुवा गाँउमा प्रहरीको छापा, १२० बोरा भारतीय सख्खर बरामद

वीरगन्ज,१० भदौं : पर्साको बलुवा गाँउस्थित एक घरमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा भेली (सख्खर) बरामद गरेको छ । भभारतबाट तस्करी गरि भित्रयाइएको १ सय २० बोरा सख्खर र २० बोरा रासायनिक मल प्रहरीले बरामद गरेको हो ।

बलुवा गाँउका शेख ग्यासुदिन मियाँको घरमा सोमबार बिहान प्रहरीले छापा मारेर खानतलासी गर्दा घरभित्र भण्डारण गरि राखिएको सख्खर र राासायनिक मल प्रहरीले बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्सा, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, ईलाका प्रहरी कार्यालय सेढवा र प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान ८ बजेतितर ग्यासुदिनको घरममा छापा मारेको थियो ।

पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बलुवाको एक घरबाट ठूलो परिमाणमा सख्खर बरामद गरिएको र उक्त सख्खर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याउने तयारी भइरहेको बताए । जिल्ला प्रहरी कार्यालय पर्सामा सख्खर ल्याइसकेपछि प्रहरीले प्रेस विज्ञप्ति जारी गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने बताए ।

प्रहरी श्रोतका अनुसार प्रहरीले बरामद गरेको सख्खर र मल बलुवाका ग्यासुदिन र उनका साझेदार पूर्व वडाध्यक्ष शे्ख नुमान मियाँको रहेको बताइएकोे छ । बलुवा गाँउमा ग्याासुदिन र नुमानको छुटट्टा छुटटै सख्खर उद्योग (खाँडसारी) छ ।

त्यसकै आडमा उनिहरुले भारतको भंगहाबाट सख्खर (भेली ) तस्करी गरेर आफनो उद्योगमा ल्याउने गरेका छन् । तस्करी गरि ल्यइएको सख्खर उनिहरुले आफनो उद्योगको नामबाट बील काटेर ट्याक्टरमा बाराको जीतपुर, सिमरा र काठमाडौंकोे बजारसम्म पुरयाउने गरेका छन् ।

 

Related posts

भोजपुरी प्रतिष्ठान वीरगंजले मनायो स्व. भिखारी ठाकुरको १३६ औँ जन्मज्यन्ती

MadhesKhabar

श्रीराम जन्मोत्सवमा यसपालि पनि वीरगन्जमा निकालियो ‘भव्य शोभा यात्रा’ (फोटो फिचर)

MadhesKhabar

एसईईका लागि परीक्षा आवेदन फारम खुल्यो

MadhesKhabar

Leave a Comment