Madhes Khabar
अन्तर्राष्ट्रिय

रामगढवामा भएकाे चिम्नी विस्फोटमा परि मृत्यु हुनेकाे संख्या ९ पुग्याे

मधेसखबर
वीरगन्ज ,१० पुस: नेपालसंग सिमा जाेडिएकाे भारतकाे बिहार राज्यकाे रामगढवामा शुक्रबार साँझ भएकाे चिम्नी विस्फाेटमा परि मृत्यु हुनेकाे संख्या ९ पुगेकाे छ ।

बिहारकाे रामगढवा थाना अन्तर्गत पर्ने नरिरगिर स्थित इट्टा भट्टमा शुक्रबार साँझ इट्टा पाेल्न चिम्नीमा आगाे बाल्ने क्रममा अचानक चिम्नी विस्फाेट भएकाे थियाे ।

चिम्नी विस्फोट भएकै दिन ७ जनाकाे मृत्यु भएकाे थियाे भने उपचारका क्रममा आइतबार बिहान र शनिबार बेलुकी गरि थप २ जनाकाे मृत्यु भएकाे हाे ।

पटनाकाे अस्पतालमा उपचारका क्रममा आइतबार बिहान इट्टा भट्टाका सन्चालक नुरुल हककाे र माेतिहारीकाे अस्पतालमा शनिबार बेलुकी मजदुर अनिल महताेकाे मृत्युु भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटमा परि घाइते भएका ७ जनाकाे उपचार जारी छ। रक्सौलकाे अस्पतालमा ५ जनाकाे र पटनाकाे अस्पतालमा २ जनाकाे उपचार भइरहेको रक्साैलका पत्रकार दिपक अग्निरथले जानकारी दिए । ती मध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे उनले बताए ।

यसैबिच मृतकका परिवारलाई भारतकाे केन्द्र सरकार र राज्य सरकारले जनही ६/६ लाख भारु राहतका रुपमा दिने घाेषणा गरेका छन् ।घाइतेहरुकाे उपचार खर्च पनि भारतीय सरकारले नै व्यहोर्ने जनाएको छ ।

Related posts

भारतमा फेरि बढयो कोरोना , एकैदिन ६ हजार जनामा संक्रमण

MadhesKhabar

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खान माथि गोली प्रहार

MadhesKhabar

२४२ यात्रु सवार एयर इन्डियाको जहाज भारतको अहमदाबादमा दुर्घटनाग्रस्त,उद्धारकार्य जारी

MadhesKhabar

Leave a Comment