Madhes Khabar
अन्तर्राष्ट्रिय

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खान माथि गोली प्रहार

वीरगन्ज, १७ कार्तिक : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान माथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।

गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । ¥यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३–४ राउण्ड गोली हानेका थिए ।

पाकिस्तान तहरीक–ए–इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ ।

घटनामा अरु ३–४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । घाइते हुनेमा पाकिस्तान तहरीक–ए–इन्साफका नेता फैसल जावेद पनि छन् ।

गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ । साभार : अनलाइनखबर

Related posts

माल्दिभ्सबाट भारतीय सेना तुरुन्तै हटाउने नवनिर्वाचित राष्ट्रपति मुइज्जुकाे घाेषणा

MadhesKhabar

जासुसी गरेकाे आराेपमा कतारमा आठ भारतीयलाई मृत्युुदण्डकाे सजाय, भारत स्तब्ध

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment