Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतमा फेरि बढयो कोरोना , एकैदिन ६ हजार जनामा संक्रमण

 

काठमाडौं,२४ चैत : भारतमा पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण लगातार बढ्दो क्रममा रहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा भारतमा थप ६ हजार ५० जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २८ हजार नाघेको छ । भारतमा २०३ यताकै उच्च संक्रमण पुष्टि भएको हो । यसअघि गत वर्ष सेप्टेम्बर १६ मा एकदिनमा ६ हजार २ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसअघि बिहीबार भारतमा ५ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा कोरोनाबाट भारतमा १४ जनाको मृत्यु भएको छ ।पछिल्लो समय भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ फैलिइरहेको छ । भारतमा जनवरीमा पहिलो पटक उक्त भेरियन्ट देखिएको हो । त्यसयता भारतमा संक्रमण फैलिइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूमा पनि संक्रमण पुष्टि भएको छ । भैरहवास्थित बेलहिया नाका र नेपालगन्जको जमुनाह नाकाबाट भित्रिनेहरूको सीमास्थित हेल्थ डेस्कमा परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।साभार : कान्तिपुर

Related posts

बस दुर्घटना हुँदा ४५ जनाको मृत्युु

MadhesKhabar

माेरक्काेमा विनाशकारी भुकम्प : ६३० भन्दा बढीकाे मृत्युु

MadhesKhabar

भारतलाई पाकिस्तानको जवाफ:भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौता स्थगित

MadhesKhabar

Leave a Comment