Madhes Khabar
अन्तर्राष्ट्रिय

२४२ यात्रु सवार एयर इन्डियाको जहाज भारतको अहमदाबादमा दुर्घटनाग्रस्त,उद्धारकार्य जारी

तस्बिर : एनडीटीभी

काठमाडौ,२९जेठःभारतको गुजरातको अहमदाबाद विमानस्थलनजिकै बिहीबार दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । भारतीय समयअनुसार बिहीबार दिउँसो १ः३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो ।

उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फस्र्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० जना यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।

उक्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Related posts

मण्डी लाेकसभा सिटबाट भाजपाकी कंगना रनावत विजयी

MadhesKhabar

इरानमा बम विस्फोटमा कम्तीमा ७३ जनाकाे मृत्यु

MadhesKhabar

भारतले पठाएकाे चन्द्रयान-३ सफलतापूर्वक चन्द्रमाकाे कक्षमा प्रवेश

MadhesKhabar

Leave a Comment