Madhes Khabar
अन्तर्राष्ट्रिय

मण्डी लाेकसभा सिटबाट भाजपाकी कंगना रनावत विजयी

काठमाडौं,२२जेष्ठ: भारतीय जनता पार्टी (बीजेपी)को तर्फबाट उम्मेदवार बनेकी बलिउड अभिनेत्री कंगना रनौतले लोकसभाको निर्वाचन जितेकी छन् । हिमांचल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट उनी विजयी भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

उनले कांग्रेसका उम्मेदवार विक्रमादित्यलाई ७० हजारभन्दा बढी मतान्तरले हराएको जनाइएको छ ।

मिडिया कुराकानीमा उनले आफ्नो जित प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको विश्वासको रुपमा रहेको बताएकी छन् ।

कंगनाले पहिलो पटक चुनाव लडेकी हुन् । उनले ४२ जति फिल्ममा काम गरेकी छन् । कंगनाले सन् २०२० मा प्रोडक्सन हाउस मणिकर्णिका फिल्म्स पनि सुरु गरिन् । उनले पद्मश्री, ४ राष्ट्रिय अवार्ड र ५ फिल्मफेयर अवार्ड पाएकी छन् ।साभार:अनलाइनखबर

Related posts

गाजा सीमा नजिकका सबै सहरलाई कब्जामा लिएको इजरायली सेनाकाे दाबी

MadhesKhabar

भारतमा मन्दिर भत्किँदा ३५ जनाकाे मृत्यु

MadhesKhabar

बिहारमा भाजपाबाट पहिलो मुख्यमन्त्री बनेका सम्राट चौधरीले लिए शपथ

MadhesKhabar

Leave a Comment