Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतमा मन्दिर भत्किँदा ३५ जनाकाे मृत्यु

काठमाडौँ,१७चैत : भारत मध्यप्रदेशको इन्दौरस्थित एक मन्दिर भत्किँदा भएको दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ । बिहीबार रामनवमीको अवसरमा इन्दौरको बेलेश्वर महादेव झुलेलाल मन्दिर भत्किँदा ३५ जनाको मृत्यु भएको हो ।

उक्त मन्दिर इनारमाथि निर्माण गरिएको थियो । अधिकारीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३५ पुगिसकेको छ भने १४ जनाको सकुसल उद्धार गरिएको छ ।

टेलिभिजन फुटेजमा आपत्कालीन कामदारले डोरी र भर्‍याङको प्रयोग गरेर मध्यप्रदेश राज्यमा इनारमा फसेकाहरूको उद्धार गरिएको देखिएको छ । अन्य भिडिओमा भत्किएको भुइँ र भाँचिएको फलामको बार प्रहरीले डोरीको सहायताले सिल गरेको देखिएको छ ।

भगवान् रामको जन्मोत्सव रामनवमीका अवसरमा हिन्दु धर्मावलम्बीहरू शुक्रबार देशभरका मन्दिरमा भक्तजनको भीड लागेको समय उक्त मन्दिरमा पनि भक्तजनहरूको पूजाका लागि घुइँचो लागेको थियो ।साभार:कान्तिपुर

Related posts

पहिलोपटक सुँगुरको किड्नी ट्रान्सप्लान्ट गरिएका बिरामीको दुई महिनामै मृत्यु

MadhesKhabar

अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

MadhesKhabar

फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षका गेब्रियल नियुक्त

MadhesKhabar

Leave a Comment