Madhes Khabar
अन्तर्राष्ट्रिय

गाजा सीमा नजिकका सबै सहरलाई कब्जामा लिएको इजरायली सेनाकाे दाबी

काठमाडौं ,२३असाेज: इजरायलको सेनाले गाजा सीमानजिक रहेका सम्पूर्ण सहरलाई कब्जा गरेको दाबी गरेको छ । दक्षिणी इजरायलबाट प्यालेस्टाइनको विद्रोही समूह हमासलाई लखेट्न सङ्घर्ष चलिरहेको र गाजापट्टी छेउछाउमा पकड कायम गरेको सेनाको दाबी छ ।

इजरायल र गाजाबीचको पर्खाललाई ट्याङ्क र विमानले सुरक्षित बनाउने प्रयास भइरहेको इजरायलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता डेनियल हगारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गएको शनिवार हमासले आक्रमण शुरु गर्दा गाजापट्टीमा पर्खाल भत्काएका थिए ।

हमास समूह विरुद्ध ‘ठूलो शक्ति’ प्रयोग गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिएका बीबीसीले उल्लेख गरेको छ । तर प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले प्यालेस्टाइनीहरूविरुद्ध इजरायलको आक्रमण तत्काल रोक्न संयुक्त राष्ट्र सङ्घलाई आह्वान गरेका छन्।

अब्बासले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग टेलिफोन गरी थप आक्रमण रोक्ने पहल गर्न अनुरोध गरेका हुन् । दुवैतर्फ गरी अहिलेसम्म १२ सय जनाभन्दा धेरैको मृत्युु भएको  छ । इजरायलतर्फ सात सयभन्दा धेरै र प्यालेस्टाइनतर्फ पाँच सयभन्दा धेरैको मृत्युु भएको  बीबीसीले जनाएको छ ।

Related posts

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

MadhesKhabar

महाकुम्भकाे भागदाैडमा परेर मर्नेकाे संख्या ३० पुग्याे, ६० भन्दा बढीकाे उपचार जारी 

MadhesKhabar

गरिब परिवारका भाग्यमानी दुई साथी, जसले भेट्टाए ८० लाख बढीको हीरा

MadhesKhabar

Leave a Comment