Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतको सर्वोच्च अदालतले भन्यो : नुपुर शर्माले राष्ट्रसंग माफी माग्नु पर्छ

मधेसखबर
वीरगन्ज,१७असार : भारतको सर्वोच्च अदालतले भारतीय जनता पार्टीकी निलम्बिन नेतृ नुपुर शर्माले राष्ट्रसँग माफी माग्नुपर्ने जनाएको छ ।

मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मद बारे आपत्तिजनक टिप्पणी गरेपछि विवादित बनेकी भाजपाकी निलम्बिन नेतृ नुपुरले राष्ट्रसँग माफी माग्नुपर्ने भारतको सर्वोच्च अदालतले जनाएको हो ।

भाजपाकी निलम्बित नेतृ नुपुरले आफू विरुद्ध अदालतमा परेका सबै उजुरी दिल्लीमा स्थानान्तरण गर्न माग गर्दै दिएको उजुरी माथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको माग अस्वीकार पनि गरि दिएको छ ।

सर्वोच्च अदालतले भनेको छ,‘ देशमा अहिले जे अवस्था भइरहेको छ यसका लागि नुपुर एक्लै जिम्मेवार छिन्, उनी र उनको बोलीले सिंगो देशलाई आगो लगाएको छ ।’ यस वाहेक भारतको उदयपुरमा एक दिनअघि एक जनाको हत्या भएको अवस्थाका लागि पनि नुपुर नै जिम्मेवार रहेको सर्वोच्च अदालतले जनाएको छ ।

नूपुरको अभिव्यक्तिले देशमा सुरक्षा खतरा पैदा गर्नुका साथै अशान्ति मच्चाएका कारण उनले माफी माग्नु पर्ने अदालतले निर्णय गरेको हो । यद्यपि नुपुरका वकिल मनिन्दर सिंहले नूपुरले यसअघि नै माफी मागिसकेको जनाएको भन्दै उनको पक्षमा अडान लिएका छन् ।

अदालतले भने नुपुरले टेलिभिजनमा आएर समग्र देशसँग माफी माग्नुपर्ने जनाएको हो ।नुपुर विरुद्ध कोलकाता, दिल्ली, बिहार, पूणे लगायत राज्यमा मुद्दा दायर गरिएको थियो । नुपुरले पैगम्बर मोहम्मदबारे विवादित टिप्पणी गरेपछि देशव्यापी रुपमा उनीसँगै भाजपाको कडा विरोध हुँदै आएको छ । भारतसँगै अन्य इस्लामिक राष्ट्रहरूले पनि भारतीय जनता पार्टीको विरोध जनाएका थिए । नुपुरले भने आफ्नो भनाइ फिर्ता लिँदै माफी समेत मागेकी थिइन् । भाजपाले भने नुपुरसँगै भाजपाका दिल्ली इन्चार्ज नवीन जिन्दललाई पनि पार्टीबाट निलम्बित गरिसकेको छ । साभार :कान्तिपुर

Related posts

टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि १३ सय भन्दा बढिको मृत्यु

MadhesKhabar

गंगा नुहाउन हिंडेका तीर्थयात्री सवार ट्याक्टर दुर्घटना हुदाँ २२ जनाको मृत्यु

MadhesKhabar

भारतमा साम्प्रदायिक हिंसा फैलिदैं, मस्जिद जलाएर इमामको हत्या

MadhesKhabar

Leave a Comment