Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतको सर्वोच्च अदालतले भन्यो : नुपुर शर्माले राष्ट्रसंग माफी माग्नु पर्छ

मधेसखबर
वीरगन्ज,१७असार : भारतको सर्वोच्च अदालतले भारतीय जनता पार्टीकी निलम्बिन नेतृ नुपुर शर्माले राष्ट्रसँग माफी माग्नुपर्ने जनाएको छ ।

मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मद बारे आपत्तिजनक टिप्पणी गरेपछि विवादित बनेकी भाजपाकी निलम्बिन नेतृ नुपुरले राष्ट्रसँग माफी माग्नुपर्ने भारतको सर्वोच्च अदालतले जनाएको हो ।

भाजपाकी निलम्बित नेतृ नुपुरले आफू विरुद्ध अदालतमा परेका सबै उजुरी दिल्लीमा स्थानान्तरण गर्न माग गर्दै दिएको उजुरी माथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको माग अस्वीकार पनि गरि दिएको छ ।

सर्वोच्च अदालतले भनेको छ,‘ देशमा अहिले जे अवस्था भइरहेको छ यसका लागि नुपुर एक्लै जिम्मेवार छिन्, उनी र उनको बोलीले सिंगो देशलाई आगो लगाएको छ ।’ यस वाहेक भारतको उदयपुरमा एक दिनअघि एक जनाको हत्या भएको अवस्थाका लागि पनि नुपुर नै जिम्मेवार रहेको सर्वोच्च अदालतले जनाएको छ ।

नूपुरको अभिव्यक्तिले देशमा सुरक्षा खतरा पैदा गर्नुका साथै अशान्ति मच्चाएका कारण उनले माफी माग्नु पर्ने अदालतले निर्णय गरेको हो । यद्यपि नुपुरका वकिल मनिन्दर सिंहले नूपुरले यसअघि नै माफी मागिसकेको जनाएको भन्दै उनको पक्षमा अडान लिएका छन् ।

अदालतले भने नुपुरले टेलिभिजनमा आएर समग्र देशसँग माफी माग्नुपर्ने जनाएको हो ।नुपुर विरुद्ध कोलकाता, दिल्ली, बिहार, पूणे लगायत राज्यमा मुद्दा दायर गरिएको थियो । नुपुरले पैगम्बर मोहम्मदबारे विवादित टिप्पणी गरेपछि देशव्यापी रुपमा उनीसँगै भाजपाको कडा विरोध हुँदै आएको छ । भारतसँगै अन्य इस्लामिक राष्ट्रहरूले पनि भारतीय जनता पार्टीको विरोध जनाएका थिए । नुपुरले भने आफ्नो भनाइ फिर्ता लिँदै माफी समेत मागेकी थिइन् । भाजपाले भने नुपुरसँगै भाजपाका दिल्ली इन्चार्ज नवीन जिन्दललाई पनि पार्टीबाट निलम्बित गरिसकेको छ । साभार :कान्तिपुर

Related posts

भारतीय कारबाहीमा पाकिस्तानमा १०० बढी आतंककारी मारिए : प्रधानमन्त्री मोदी

MadhesKhabar

भारतमा फेरि फैलन थाल्यो कोरोनाको संक्रमण

MadhesKhabar

भारतका धनाढ्य अम्बानीलाई ज्यान मार्ने धम्की

MadhesKhabar

Leave a Comment