काठमाडौं,१८पुष:इरानको रिभोलुशनरी गार्ड्सका जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उनको चिहान नजिकै भएका दुई वटा विस्फोटमा कम्तीमा ७३ जना मारिएका छन् ।
सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल–जमान मस्जिद नजिकै भइरहेको कार्यक्रममा विस्फोट भएको बीबीसीले जनाएको छ ।इरानको राष्ट्रिय सञ्चारमाध्यम एरिबले विस्फाेटमा एक सय ७० जनाभन्दा धेरै जना घाइते भएका जनाएको छ ।
सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको सम्झनामा आयोजित समारोहमा सयौँ मानिस चिहानतर्फ जाँदै गर्दा विस्फोट भएको हो ।
सुलेमानीलाई इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईपछि सबैभन्दा शक्तिशाली व्यक्तित्वका रूपमा हेरिन्थ्यो । सन् २०२० मा उनको हत्याको आदेश दिने तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुलेमानीलाई विश्वकै एक नम्बर आतङ्ककारीको संज्ञा दिएका थिए ।

