Madhes Khabar
राजनीति हेडलाइन

प्रदीप यादवलाई जिताउन अन्य पार्टी त्यागेर महिला नेतृहरु पनि जसपामा प्रवेश

मधेसखबर
वीरगन्ज ,१९ कार्तिक : पर्सा क्षेत्र नम्वर १ मा प्रदीप यादब मतदातामाझ लोकप्रिय बन्दै गएका छन् । निर्वाचन नजिकिँदै जाँदा जनता समाजवादी पार्टीमा प्रवेश गर्नेको लहर बढेसँगै मतदातामाझ यादवको लोकप्रियता झनै बढेको देखिएको हो ।

प्रतिनिधिसभा सदस्यका उम्मेद्वार यादवलाई विजयी बनाउन भन्दै दैनिक जसो विभिन्न पार्टी परित्याग गरि जसपा प्रवेश गर्नेको लहर चलेको छ ।

वीरगञ्जको वडा नम्बर १६ नगवामा पनि शनिबार दर्जनौँ महिलाहरु विभिन्न पार्टी त्यागेर जसपामा प्रवेश गरेका छन् । महिला नेतृ रेणु देवीको नेतृत्वमा महिला तथा युवाहरुलाई नेता यादवले अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

मधेश र मधेशीका लागि सडक देखि सदनसम्म संघर्ष गर्ने व्यक्ति प्रदीप यादब मात्रै भएकाले आफूहरु उनलाई विजयी बनाउन अरु पार्टी त्यागेर जसपा प्रवेश गरेको महिला नेतृ रेणु यादबले बताइन् ।

महिला र युवाहरुलाई पार्टीमा स्वागत गर्दै नेता यादवले शरिरमा एक थोपा रगत रहुन्जेलसम्म पनि मधेस र मधेसीका लागि संघर्ष गरिरहने प्रतिबद्धता जनाए । विगतमा पनि यहीँका बासिन्दाको सुझाव लिएर काम गरेको स्मरण गर्दै फेरि पनि सबैको सुझाव र सल्लाह बमोजिम नै अघि बढ्ने प्रतिबद्धता पनि दोहोर्याए ।

Related posts

पर्सामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट १ करोड ५० लाख बढी राजश्व संकलन

MadhesKhabar

वीरगन्जमा आफ्नै नाबालिका छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

MadhesKhabar

नेपाल-भारतबीचकाे सम्बन्ध बिगार्ने खालका अतिरञ्जित समाचार सम्प्रेषण नगर्न कानुनमन्त्री चाैरसियाकाे आग्रह

MadhesKhabar

Leave a Comment