Madhes Khabar
स्थानिय हेडलाइन

लामखुट्टेको प्रकोप बढेपछि फाल्गुन २४ देखि विषादी छर्ने वीरगन्ज महानगरको तयारी

वीरगन्ज,२२फाल्गुनःवीरगन्जमा केहि साता यता फेरि लामखुट्टेको प्रकोप बढेको जनगुनासो आएपछि वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने तयारी गरेको छ ।यही फागुन २४ गते बिहीबारदेखि महानगरका वडा–वडामा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्न लागेको हो ।

लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि फागुन २४ गतेदेखि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिने महानगरपालिकाको सरफाई व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले बताए । महानगरका मेयर राजेशमान सिंहको निर्देशन अनुसार लामखुट्टेको लार्भा मार्नका लागि बिहानको समयमा ३ राउण्ड पम्प स्प्रे गर्ने तालिका रहेको उनले बताए ।

मियाँका अनुसार विषादी, पानी र मट्टितेलको मिसावट गरी बनाइएको स्प्रे फाल्गुन २४ गते वीरगन्ज महानगरको वडा नम्बर १, २, ३ र ४ मा छरिनेछ । यस्तै फाल्गुन २५ गते वडा नम्बर ५,६,७ र ८ मा, फाल्गुन २६ गते वडा नम्बर ९,१०,११ र १२ मा, फाल्गुन २७ गते वडा नम्बर १३,१४,१५ र १६ मा,फाल्गुन २८ गते वडा नम्बर १७,१९,२५ र २६ मा, फाल्गुन २९ गते वडा नम्बर १८,२०,२२ र २७ मा, फाल्गुन ३० गते वडा नम्बरर २१,२३,२४ र ३० मा र चैत १ गते वडा नम्बर २८,२९,३१ र ३२ मा स्प्रे गरिने मियाँले जानकारी दिए ।चैत २ गतेदेखि पुनः दोस्रो राउण्डको स्प्रे सुरु गरिने पनि मियाँले जानकारी दिए ।

Related posts

जलवायु परिवर्तनको समस्या समाधानका लागि अग्रसर हुन आवश्यक छ : मन्त्री यादव

MadhesKhabar

मेयर सिंह भन्छन् : घण्टाघरमा सधैका लागि झिलिमिली बत्ती जडान गर्ने काम हुदैछ

MadhesKhabar

पर्सा : उपचार खर्च तिर्न नसक्दा अहिरको शव ३ दिनदेखि मेडिसिटी बयोधा अस्पतालको फ्रीजमा

MadhesKhabar

Leave a Comment