Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरको सद्भावना दूतमा उद्योगी बैद्य पुन नियुक्त

मधेसखबर
वीरगन्ज,०५साउन : वीरगज्ज महानगरपालिकाको सद्भावना दूतमा वीरगन्जका उद्योगी अशोक बैद्य पुन नियुक्त भएका छन् ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बिहीबार बैद्यलाइ महानगरको सद्भावना दूतमा नियुक्त गरेका हुन् ।नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष समेत रहेका बैद्यलाई महानगरपालिकाको नगरसभाको पहिलो अधिवेशनको निर्णयबाट सद्भावना दूतमा नियूक्त गर्ने निर्णय गरिएको थियो ।

 

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका वैद्यले वीरगन्ज महानगर क्षेत्र भित्र आर्थिक, सामाजिक र पूर्वाधार विकासको क्षेत्रमा परयाएको योगदानको उच्च मूल्याङ्कन गर्दै हालै सम्पन्न महानगरको नगरसभाको ११ औं अधिवेशनले उनलाई पुनः सद्भावना दूत नियूक्त गरेको मेयर सिंहका स्वकीय सचिव सत्याराज घिमिरेले जानकारी दिए ।

 

सद्भावना दूतका रुपमा विद्यले वीरगन्ज महानगरपालिकाको वृहत्तर विकास, अन्तर्राष्ट्रिय सहयोग, सम्वन्ध विस्तार र लगानि अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्ने महानगरले विश्वास लिएको घिमिरेले बताए ।

Related posts

बारामा ५३ तोला चाँदीका गहनासहित दुई जना पक्राउ

MadhesKhabar

वडा वडामा धारा जडान र ट्यांकी राखेर पानीको प्रबन्ध मिलाउँदै महानगर

MadhesKhabar

बारामा प्रहरीको अभियान : एकै दिन ५ भट्टी तोडफोड , १० हजार लिटर कच्चा पदार्थ नष्ट

MadhesKhabar

Leave a Comment