Madhes Khabar
स्थानिय

दारु खाएर शिक्षकलाई कुट्ने प्रसौनी–६ का वडाध्यक्ष कुशवाहा पक्राउ

जिप्रका बारा।

वीरगन्ज, २ भदौं :बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय शिक्षक नागेश्वर कुमार यादवलाई कुटपिट गरेको आरोपमा प्रहरीले वडाध्यक्ष कुशवाहालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले पुष्टि गरे ।

गत बुधबार वडा कार्यालयमै शिक्षक यादवलाई मदिरा सेवन गरेका आठ जनाको समुहले कुटपिट गरेको घटनामा वडाध्यक्ष कुशवाहापनि संलग्न रहेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । त्यहि जाहेरीका आधारमा कुशवाहालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नियन्त्रणमा लिइएका कुशवाहलाई प्रहरी हिरासतमा राखेर घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए ।

यसअघि पनि वडाध्यक्ष कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ सम्बन्धी तीन वटा फरक मुद्दामा बारा जिल्ला अदालतले सजायको फैसला गरिसकेको थियो । अदालतले चेक अनादर मुद्दामा ३ हजार रुपैयाँ, कुटपिटमा २ हजार रुपैयाँ र आपराधिक लाभमा १ हजार रुपैयाँ जरिवाना अदालतले तोकेको थियो । तर फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार भएका थिए ।लामो समयदेखि फरार रहेका कुशवाहा यसअघि जेठ ११ गते पक्राउ परेका थिए ।

Related posts

पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा वीरगन्जमा प्रदर्शन

MadhesKhabar

वीरगन्जमा फेरि सुक्न थाले चापाकल, पानीको समस्या पोहोरको भन्दापनि विकराल हुने आकलन

MadhesKhabar

शंखधर साख्वा पार्कको औपचारिक उद्घाटनसंगै सर्वसाधारणका लागि खुल्ला

MadhesKhabar

Leave a Comment