Madhes Khabar
स्थानिय

दारु खाएर शिक्षकलाई कुट्ने प्रसौनी–६ का वडाध्यक्ष कुशवाहा पक्राउ

जिप्रका बारा।

वीरगन्ज, २ भदौं :बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय शिक्षक नागेश्वर कुमार यादवलाई कुटपिट गरेको आरोपमा प्रहरीले वडाध्यक्ष कुशवाहालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले पुष्टि गरे ।

गत बुधबार वडा कार्यालयमै शिक्षक यादवलाई मदिरा सेवन गरेका आठ जनाको समुहले कुटपिट गरेको घटनामा वडाध्यक्ष कुशवाहापनि संलग्न रहेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । त्यहि जाहेरीका आधारमा कुशवाहालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नियन्त्रणमा लिइएका कुशवाहलाई प्रहरी हिरासतमा राखेर घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए ।

यसअघि पनि वडाध्यक्ष कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ सम्बन्धी तीन वटा फरक मुद्दामा बारा जिल्ला अदालतले सजायको फैसला गरिसकेको थियो । अदालतले चेक अनादर मुद्दामा ३ हजार रुपैयाँ, कुटपिटमा २ हजार रुपैयाँ र आपराधिक लाभमा १ हजार रुपैयाँ जरिवाना अदालतले तोकेको थियो । तर फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार भएका थिए ।लामो समयदेखि फरार रहेका कुशवाहा यसअघि जेठ ११ गते पक्राउ परेका थिए ।

Related posts

नबिल बैंक चोरी प्रकरण :चोरी भएमध्येको केहि रकम भेटियो, दुई भारतीयसहित चार पक्राउ

MadhesKhabar

स्व. नरेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार सिंहलाई

MadhesKhabar

पर्सामा श्रोत नखुलेको २० लाख नगद र काजु सहित एक जना पक्राउ

MadhesKhabar

Leave a Comment