Madhes Khabar
स्थानिय

पर्सामा नवनिर्वाचित १३ पालिका प्रमुखले शपथ लिए

मधेसखबर
वीरगन्ज,०९ जेठ
: स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत पर्सा जिल्लाका १३ पालिका प्रमुखमा निर्वाचित भएका नवनिर्वाचित जनप्रतिनिधीहरुले सोमबार शपथ लिएका छन् ।
वीरगन्ज स्थित जिल्ला समन्वय समिति पर्साको सभाहलमा सोमबार दिउसो आयोजित शपथग्रहण समारोहमा ३ नगरपालिकाका नवनिर्वाचित मेयर र १० गाँउपालिाका अध्यक्षले शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा पर्साका प्रमुख निर्वाचन अधिकृत माननीय न्यायधिश धर्मराज पौडलले नवनिर्वाचित पालिका प्रमुखहरुलाइ शपथ खुवाएका हुन् ।
पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहान, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, बहुदरमाइ नगरपालिकाका मेयर सिंगासन साह तेली ,सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, विन्दवासीनी गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारी ,पकाहामैनपुर गाँपालिकाका अध्यक्ष सुरेस प्रसाद मेहता , कालिकामाइ गाँउपालिकाका अध्यक्ष बशीष्ट कुमार गुप्ता , जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, धोबीनी गाँउपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, छिपहरमाइ गाँउपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता , जिराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरी , पटेर्वासुगौली गाँउपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी र ठोरी गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले शपथ लिएका हुन् ।
शपथग्रहण समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल,नेपाल प्रहरीका प्रहरी उपरिक्षक रमेश बस्नेत , सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल , राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिपक खड्का , नेपाली सेनाको श्रीजंग गणका गणपति प्रमुख सेनानि जयराम थापा , वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेका साथै दलका नेताहरुको पनि उपस्थिती रहेको थियो ।

Related posts

वीरगन्ज भन्सार नाकामा सशस्त्र प्रहरीले जनतालाई दु:ख दियाे : मानव अधिकार समाज

MadhesKhabar

वीरगन्जमापनि कांग्रेसले मनायाे शहीद दिवस

MadhesKhabar

ठगी मुद्धाका फरार अभियुक्त चौधरी पक्राउ

MadhesKhabar

Leave a Comment