Madhes Khabar
कृषि

बजारमा टमाटरको मूल्य बढ्यो

काठमाडौं,१४ वैशाख :बजारमा टमाटर (गोलभेँडा)को मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले गोलभेँडाको मूल्यवृद्धि भएको देखाएको हो ।

भारतबाट आयात हुने ठूलो गोलभेँडाको मूल्य हिजो (आइतबार)को तुलनामा आज (सोमबार) प्रतिकिलो १० रुपैयाँले बढेको छ । आइतबार भारतीय ठूलो गोलभेँडाको मूल्य न्यूनतम ९० र अधिकतम १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै औसत मूल्य ९५ थियो ।
आज सोमबार यो गोलभेँडा न्यूनतम १ सयदेखि अधिकतम १ सय १० र औसत मूल्य १ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै आइतबार न्यूनतम ५५ देखि अधिकतम ६५ र औसत ५९ रुपैयाँमा बिक्री भएको लोकल गोलभेँडा सोमबार पनि सोही न्यूनतम र अधिकतम मूल्यमा कारोबार भइरहेको छ ।

भारतीय सानो गोलभेँडा आइतबार न्यूनतम ५० देखि अधिकतम ६० र औसत ५६ रुपैयाँ रहेकोमा सोमबार बढेर न्यूनतम ५४ देखि अधिकतम ६३ र औसत ५८ रुपैयाँ कायम छ ।

यसैगरी, तराईको सानो गोलभेँडा आइतबार न्यूनतम ५० देखि अधिकतम ६० र औसत ५५ रुपैयाँका किनबेच भएको थियो । आज सोमबार भने यो गोलभेँडाको मूल्य सामान्य बढेर न्यूनतम ५२ देखि अधिकतम ६० र औसत ५६ रुपैयाँमा किनबेच भइरहेको छ ।साभारःअनलाइनखबर

Related posts

पोखरियामा पनि जनप्रतिधिनी र कर्मचाीले खेतमा धान रोपेर मनाए राष्ट्रिय धान दिवस

MadhesKhabar

पर्सामा डीएपी मलको चरम अभाव

MadhesKhabar

मलमा अनुदान कटाैती गर्ने सरकारकाे निर्णय फिर्ता लिन किसान संघ पर्साकाे माग

MadhesKhabar

Leave a Comment