Madhes Khabar
कृषि हेडलाइन

मलमा अनुदान कटाैती गर्ने सरकारकाे निर्णय फिर्ता लिन किसान संघ पर्साकाे माग

मधेसखबर
वीरगन्ज ,३चैत : रासायनिक मलमा अनुदान कटाैती गर्ने सरकारी निर्णय फिर्ता लिन  नेपाल किसान संघ पर्साले
माग गरेकाे छ ।
फागुन २६ मा  सरकारले रासायनिक मलमा दिदै आएकाे अनुदानमा भारी मात्रामा कटाैती गर्ने निर्णय गरेकाे थियाे । उक्त निर्णयले रासायिनक मलकाे मूल्य बढ्दा किसानहरु मर्कामा परेका छन् ।
त्यसकारण मलकाे अनुदानमा कटाैती गर्ने सरकारकाे निर्णय फिर्ता लिन माग गर्दै किसान संघ पर्साले शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि पठाएकाे छ ।संघले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पाैडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएकाे हाे ।
संघका पर्सा अध्यक्ष अरिवन्द त्रिपाठीले बुझाएकाे ज्ञापनपत्रमा सरकारले अनुदान कटाैती गर्दा यसअघि प्रतिकिलाे १४ रुपैया मूल्य पर्ने युरियाकाे मुल्य अब बढेर २५ रुपैयाँ पुगेकाे , प्रतिकिलाे ४३ रुपैयाँ रुपैया पर्ने डिएपि अब बढेर ५० रुपैयाँ र ३१ रुपैयाँ पर्ने पाेटास अब ४० रुपैयाँ पुगेकाे उल्लेख छ ।यसले सबै भन्दा बढि किसान र त्याेसंगै आम उपभोक्ता पनि मारमा पर्ने भएकाे किसान संघले  जनाएको  छ ।
सरकारकाे याे निर्णय असंवेदनशील भएकाे र यसले देशका ७० प्रतिशत किसान, समग्र कृषि क्षेत्र र आम उपभोक्तामा मारमा परेकाे संघकाे विज्ञप्तिमा उल्लेख छ ।
सरकारले किसानलाई राहत दिने कार्यक्रम ल्याउनुकाे सट्टा किसानलाई थप मार पर्ने निर्णय गरेकाले उक्त निर्णय अविलम्ब फिर्ता लिनु पर्ने किसान संघकाे माग छ ।सरकारले याे निर्णय यथाशीघ्र फिर्ता नलिए किसानहरु सडक आन्दोलनमा उत्रिने चेतावनी समेत संघले दिएकाे छ ।

Related posts

बारामा १३ सय १६ थान नक्कली हजारको नोटसहित ४ जना पक्राउ

MadhesKhabar

वीरगन्जमा कर्फु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी

MadhesKhabar

ठोरीका होटलहरुमा सञ्चालित यौन धन्दाको विरोधमा उत्रिए महिलाहरु : पुरुषहरुलाई कुटेर लखेटे

MadhesKhabar

Leave a Comment