Madhes Khabar
स्वास्थ्य

बारामा नेशनल मेडिकल कलेजद्वारा आयाेजित नि:शुल्क स्वास्थ्य शिविरबाट १ हजार ८२ जना लाभान्वित

बारा,११वैशाख:बाराको आदर्श कोतवाल गाउँपालिकाकाे हरनैयामा शुक्रबार नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जद्वारा आयाेजित नि:शुल्क स्वास्थ्य शिविरबाट १ हजार बढी बिरामी लाभान्वित भएका छन्।ग्रामीण भेगका नागरिकलाई लक्षित गरी आयाेजित उक्त शिविरबाट १ हजार ८२ जना लाभान्वित भएका हुन्।

 

शिविरमा दक्ष तथा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीकाे टाेलीले निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण गर्नुका साथै इसिजी, इकाे र युएसजी सेवापनि दिएको थियाे।शिविरमा जनरल फिजिसियन, मुटु रोग, छाला रोग, स्त्री तथा प्रसूति रोग, हाड जोर्नी तथा नशा रोग, बाल रोग तथा रेडियोलोजी लगायतका सेवाहरू प्रदान गरिएको थियो।

 

शिविरमा आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसाद साह, प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौरसिया, स्वास्थ्य शाखा प्रमुख पारस राय यादव तथा कार्यक्रम संयोजक रमाकान्त साहको पनि उपस्थिति रहेको थियो।त्यसैगरी नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत प्रदीप कुमार चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, कार्डियोलोजिस्ट डा. जितेन्द्र मिश्र तथा वरिष्ठ मिडिया सल्लाहकार आशिक अन्सारीको पनि सहभागिता रहेको थियो।

 

शिविर कै अवसरमा आदर्श कोतवाल गाउँपालिका र नेशनल मेडिकल कलेजबीच स्वास्थ्य सेवाको विस्तार तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर पनि गरिएको छ। उक्त सम्झौतामा गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साह र अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारीले हस्ताक्षर गरेका हुन्।

Related posts

विश्व वातावरण दिवसको अवसरमा पर्सामा वृक्षारोपण

MadhesKhabar

वीरगन्जमा सुरक्षित गर्भपतन गराउनेहरुको संख्या बढ्दै,स्कूल र कलेजमा अझै सचेतना फैलाउनु पर्नेमा जोड

MadhesKhabar

नेपालमा फेरि बढ्दै काेराेना, थप १३६ जनामा संक्रमण पुष्टि

MadhesKhabar

Leave a Comment