Madhes Khabar
स्वास्थ्य

विश्व वातावरण दिवसको अवसरमा पर्सामा वृक्षारोपण

मधेस खबर
वीरगन्ज,२२जेठ : विश्व वातावरण दिवसको पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ स्थित सब डिभिजन बन कार्यालय वसन्तपुरको प्राङ्गणमा आइतबार बृक्षारोपण गरिएको छ ।
डिभिजन वन कार्यालय पर्साको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा सहभागीहरुले वातावरणिय संरक्षण र सुरक्षा अहिलेको आवश्यकता रहेकोले सबैले आ आफ्नो ठाउँमा बिरुवा रोपेर वातावरण प्रदुषण रोक्नमा सहयोग गर्न आग्रह गरे । उनिहरुले एक व्यक्ति एक बिरुवा रोप्नु पर्नेमा जोड पनि दिए ।
कार्यक्रममा सब डिभिजन बन कार्यालय वसन्तपुरका रेन्जर सुमन पाण्डे ,सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपटिका सशस्त्र प्रहरी निरीक्षक केदार राई , वडा नम्बर २ का वडाअध्यक्ष महादेव महतो , वडा नम्बर १ का वडा अध्यक्ष रामशरण खवासका साथै राजनीतिक दलका प्रतिनिधि ,सन्चारकर्मी लगायतको सहभागिता रहेको स्थानीय सन्चारकर्मी कृष्ण मोहन साहले जानकारी दिए।

Related posts

लागुऔषध दुव्र्यसन बारे सखुवाप्रसौनीका विधार्थीहरुसंग प्रहरीको अन्तरकृया

MadhesKhabar

अस्पताल र सप्लार्यबीचको विवादले नारायणी अस्पतालमा ३ महिनादेखि एमआरआई सेवा ठप्प

MadhesKhabar

’बुस्टर डोज’ का लागि थप खोप नेपाल आइपुग्यो

MadhesKhabar

Leave a Comment