Madhes Khabar
स्वास्थ्य हेडलाइन

नेपालमा फेरि बढ्दै काेराेना, थप १३६ जनामा संक्रमण पुष्टि

फाइल तस्वीर

वीरगन्ज ,१बैशाख : नेपालमा पछिल्लाे केही दिनयता काराेना भाइरसकाे संक्रमण फेरि बढ्दै गएकाे छ ।

देशभर पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९७ पीसीआर र १२२७ जनाकाे एन्टिजेन परीक्षणमा ३४ र १०२ गरि १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ जना संक्रमणमुक्त पनि भएका छन् । यसअघि बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको थियो ।

नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ ।नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ ।

दैनिक १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको मन्त्रालयले जनाएको छ ।

कोभिड बढेसँगै अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेटअनुसार हाल संस्थागत आइसोलेसनमा ३२ जना, आईसीयूमा ११ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

Related posts

पर्सा जिल्लामा ३ लाख ५१ हजार ६२८ मतदाता, कुन पालिकामा कति ?

MadhesKhabar

वीरगन्जमा लामखुट्टेको प्रकोप नियन्त्रण गर्न विषादी छर्ने काम सुरु

MadhesKhabar

वीरगन्जबाट परीक्षणका लागि ल्याबमा पठाइएको पानीमा भेटिएन झाडापखाला र हैजाको जीवाणु

MadhesKhabar

Leave a Comment