Madhes Khabar
खेलकुद

यूएईमाथि नेपालकाे सानदार जित, सिरिज बराबरी

काठमाडौं,८वैशाख:नेपाल र युएईबीचकाे दुई खेलको टी–२० आई सिरिज बराबरीमा सकिएको छ। मंगलबार भएको दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै सिरिज बराबरी गरेको हो। यसअघि सोमबार भएको पहिलाे खेलमा भने नेपाल ६ विकेटले पराजित भएको थियो।

 

मंगलबार १२९ रनको लक्ष्य पछ्याएको नेपालको जितमा ओपनर कुशल भुर्तेलले सानदार ब्याटिङ गरे। उनी ८४ रनमा अविजित रहे। ५७ बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे। यस्तै, दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन जोडे।

बलिङतर्फ यूएईका निलान्स केशवानी र मुहम्मद अर्फानले एक–एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर बहिले ब्याटिङ थालेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन जोड्यो।

अक्षदीप नाथले अर्धशतकीय पारी खेल्दै टोलीको लक्ष्य केही उकासे। उनी ५३ रनमा अविजित रहे। यस्तै, मुहम्मद अर्फानले ३२ तथा अदीव उस्मानीले ३० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा लागि हेमन्त धामीले दुई विकेट लिए भने नन्दन यादव र साहब आलमले एक–एक सफलता हात पारे।

Related posts

प्रथम सखुवाप्रसौनी क्रिकेट टुर्नामेन्टमा परवानीपुरको विजयी शुरुवात

MadhesKhabar

वीरगन्जले जित्याे डुमरवाना गोल्डकप फुटबलको उपाधि

MadhesKhabar

जय ट्रफी क्रिकेटका लागि मधेस प्रदेशको प्रारम्भिक टिम घोषणा, को को परे ?

MadhesKhabar

Leave a Comment