Madhes Khabar
शिक्षा

मधेसका सरकारी विद्यालयहरुमा शिक्षाको अवस्था नाजुक छ : मुख्यमन्त्री सिंह

महोत्तरी,१०असारः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली नाजुक बन्दै गएको भन्दै स्थानीय तहलाई सुधारको नेतृत्व लिन आह्वान गरेका छन्।

मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभावकको लापरबाही तथा लागूऔषध दुव्र्यसनको समस्या गम्भीर बन्दै गएको बताए ।
‘मधेसका जनशक्ति विगतमा शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा देशका विभिन्न भागमा नेतृत्व गर्थे,’ मुख्यमन्त्री सिंहले भने, ‘तर आज मधेसकै शिक्षा अवस्था नाजुक बनेको छ। स्थानीय तहले अब नेतृत्व लिनैपर्छ।’

उनले सरकारी विद्यालयमा भर्ना भएपछि अभिभावक र शिक्षक दुवैले जिम्मेवारी पूरा भयो भन्ने बुझाइ राख्ने प्रवृत्तिका कारण विद्यालय तहमा संकट गहिरिएको उल्लेख गरे। ’एक अर्कालाई देखाएर जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले सामुदायिक विद्यालयमा अध्ययनको गुणस्तर कमजोर भएको छ,’ सिंहले भने ।

मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयमा लापरबाहीले गर्दा विद्यालय तहका बालबालिका लागूऔषधको दुव्र्यसनमा फसिरहेको बताए।उनले भने, ’विद्यालय शिक्षा सुधार गर्ने मुख्य जिम्मेवारी शिक्षकको काँधमा छ। लागूऔषधको दुव्र्यसन विद्यालयमै फैलिएको छ, यसलाई सामाजिक रूपमा नियन्त्रण गर्न ढिलो भइसकेको छ।’

मुख्यमन्त्री सिंहले निजी विद्यालयहरु प््रति लक्षित गर्दै भने, ‘मधेसका निजी विद्यालयहरू विद्यार्थीको क्षमता विकासमा होइन, केवल सर्टिफिकेट वितरणमा सीमित छन्।’सिंहले सामुदायिक र निजी विद्यालय दुवैको गुणस्तरमा सुधार गर्न स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतले सक्रिय भूमिका लिनुपर्नेमा जोड दिए।

Related posts

सीए पढ्न अब काठमाडौं जानु पर्दैन, वीरगन्जमै खुल्यो ‘गुरुकुल सीए कलेज’

MadhesKhabar

चिसाे बढेपछि वीरगन्ज महानगरपालिकाले विद्यालयमा दियाे ८ दिनकाे जाडाे विदा

MadhesKhabar

एसईईको नतिजा यसै साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी

MadhesKhabar

Leave a Comment