Madhes Khabar
समाचार

अन्तर्राष्ट्रिय नारी दिवसमा महिला इ–रिक्सा चालक र सरसफाईकर्मी सम्मानित

भैरहवा,२४फागुनः ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रम गरी शनिबार ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ ।

सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ महिला दिवस मनाएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पनि शनिबार बिहान नारी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । कार्यक्रम सिद्धार्थनगर नगरपालिका मेयर इश्तियाक अहमद खाँको अध्यक्ष्ता तथा प्रदेश सभा सदस्य हेमा बेलबासेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाले नारी दिवसको अवसरमा एकजना इ–रिक्सा चालक महिला सहित १३ जना सरसफाईकर्मी महिलाहरुलाई दोसल्ला ओढाई, प्रमाणपत्र प्रदान गरेर सम्मानित गर्नुका साथै खाद्यान्न समेत वितरण गरेको थियो ।

 

Related posts

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

MadhesKhabar

वीरगन्जमा टाँगिएका चुनावी पोष्टर र ब्यानर तत्काल हटाउन निर्देशन

MadhesKhabar

‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश बर्णवाल वीरगन्जबाट पक्राउ

MadhesKhabar

Leave a Comment