वीरगन्ज,२१माघःपूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का केन्द्रिय सचिव बाबुराम कौशीक फेरि नेकपामा ओवादी केन्द्रमा फर्किएका छन् ।
पूर्वमन्त्री साहले माओवादी छाडेसंगै साहसंगै माओवादी छाडेर आम जनता पार्टीमा लागेका कौशीक सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।उनिसंगै आजपाका स्थायी कमिटी सदस्य कदम रसूल, विदुर गुप्ता, सत्रुधन गिरी, अफताब अहमद, सन्जीव गुप्ता, विकास पटेल, आकाश पटेल लगायतका नेताहरूपनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाई अध्यक्ष प्रचण्ड र बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खादा र माला लगाएर पार्टीमा स्वागत गरे।
मओवादी केन्द्रका पर्सा जिल्ला इन्चार्ज विजय महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा माओवादी केन्द्रका निवर्तमान जिल्ला अध्यक्ष रामदरश कुशवाहाकोपनि उपस्थिती थियो ।

