Madhes Khabar
राजनीति

संविधान संशाेधन गराैं : उपेन्द्र यादव

फाइल फाेटाे

विराटनगर,२५भदाैं: जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसबन्धी संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै यादवले संविधान संशोधन गरेर यसलाई सच्याउनुपर्ने बताए ।

संसदीय व्यवस्था भनेको बहुमत प्राप्त दलले सरकार बनाउने र बहुमत नहुँदा सरकारबाट हट्ने भएको उनले बताए । अघि भने, ‘अर्काेले पनि बहुमत ल्याएन भने मध्यवधिमा जाने हो ।’

तर संविधानमा पाँच चरण पार गर्नुपर्ने व्यवस्था भएको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताए । उनले अघि भने, ‘जुन खालको संसदीय व्यवस्थाको संरचना संविधानमा निर्धारण गरिएको छ, त्यसमाथि पुनर्विचार गर्नुपर्छ ।’

निर्वाचन प्रणालीमा पनि त्रुटि रहेको उनको जिकिर छ । जसपा अध्यक्ष यादवले भने, ‘संविधान संशोधन गरेर शासकीय स्वरुप र निर्वाचन प्रणाली फेरबदल गर्न जरुरी छ ।’ साभार:अनलाइनखबर

Related posts

सम्मानजनक संख्याका साथ सरकारमा जाने कांग्रेसको निर्णय

MadhesKhabar

ठाकुरराम क्याम्पसमा हुने स्ववियु निर्वाचनको तयारीमा जुट्यो नेविसंघ

MadhesKhabar

ठाकुरराम सहित देशभरका १२ क्याम्पसमा अब स्ववियु निर्वाचन नहुने

MadhesKhabar

Leave a Comment