Madhes Khabar
राजनीति

क्रियाशील सदस्यता अद्यावधिकका लागि कांग्रेसले सुरु गर्‍यो एक महिने ‘जरा अभियान’

काठमाडौं,१वैशाखः नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि देशभरि ‘एक महिने जरामा जाऊँ अभियान’ सुरू भएको छ ।क्रियाशील सदस्यता अद्यावधिक गर्नको लागि सभापति गगन कुमार थापाले अभियानको सुरुआत गरेका हुन्।

मंगलबार सभापति थापाले आफ्नो वडा काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा क्रियाशील सदस्यता अद्यावधिक गरी जरा अभियानको शुभारम्भ गरे।अभियान वैशाख मसान्तसम्म जारी रहने जनाइएको छ।

अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । उनीहरूलाई पार्टीले स्थानीय स्तरमा प्रत्यक्ष रूपमा काम गर्न भनेको छ । केन्द्रीय प्रतिनिधिहरूले पार्टीले पारित गरेको निर्देशिकाबमोजिम तोकिएको कार्यक्षेत्रमा बसेर सदस्यता विस्तार अभियानको नेतृत्व गर्ने छन् ।

‘एक महिने जरामा जाऊँ अभियान’ मार्फत कांग्रेसले डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र नागरिक संवाद गर्ने लक्ष्य राखेको छ ।

कांग्रेसले पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नु पर्ने प्रावधान लागु गर्ने तयारी गरेको छ । सबै क्रियाशील सदस्यहरूको वयक्तिक विवरण संकलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने अनिवार्य प्रावधान गर्न लागेको हो ।

कांग्रेसले नयाँ सदस्यता वितरणमा विधानको व्यवस्था प्रभावकारी ढंगले लागु गर्ने, नयाँ सदस्यता ‘डिजिटल्ली’ खोल्ने, नयाँ व्यक्ति सदस्य बन्नका लागि सजिलो प्रावधानहरू राख्ने आन्तरिक तयारी गरेको छ ।

कांग्रेसले ‘एक महिने जरामा जाऊँ अभियान’ का क्रममा क्रियाशील सदस्यता अध्यावधिक गर्न जाँदा ‘ओटीपी’ नम्बर अनिवार्य लिन र अनिवार्य फोटो खिचाउन भनेको छ ।

Related posts

पर्सामा जनमत पार्टीमा गयो भुईचालो :एकैसाथ पाँच केन्द्रिय सदस्यले छाडे पार्टी,जसपा नेपालमा प्रवेश

MadhesKhabar

संविधान दिवसको उपलक्ष्यमा नेविसंघले ठाकुरराम क्याम्पसमा रोप्यो विरुवा

MadhesKhabar

गृहगाँउ मसिहानी पुगेर मन्त्री रिजालले भने : मन्त्री बनेपनि जनताकाे सेवामा सदैव समर्पित रहनेछु

MadhesKhabar

Leave a Comment