Madhes Khabar
शिक्षा

वीरगन्जको भेडियारीमा रहेको सरकारी विद्यालयलाई १० सेट बेन्च–डेस्क सहयोग

वीरगन्ज,९पुसःपरोपकारी संस्था उपकार सेवा नेपालले वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ भेडियारीस्थित शारदा आधारभूत विद्यालयलाई १० सेट बेन्च–डेस्क सहयोग गरेको छ ।

मंगलबार उपकार सेवा नेपालकी विद्यादेवी सरावगीसहितको टोलीले विद्यालयमै पुगेर विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष वालेश्वर गौरोलाई प्रदान गरेको हो । शिवशक्ति घ्यू उद्योग प्रालिको आर्थिक सहयोगमा ती बेन्च–डेस्क विद्यालयलाई प्रदान गरिएको अध्यक्ष सरावगीले बताइन् । त्यसअवसरमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले उपकार सेवा नेपालकी अध्यक्ष सरावगीलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

वीरगन्ज–३१ का वडाअध्यक्षः जितेन्द्र प्र यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपकार सेवा नेपालकी सदस्य देवी सरावगी,सुमन बगेडिया,अंकुर शर्मा,शिवशक्ति घ्यू उद्योगका प्रशासकीय प्रमुख नवल किशोर सिंह, समाजिक अभियन्ता प्रकाश थारू, वडासदस्य विरेन्द्र राय थारू,मुरमती पासवान, विद्यालय निर्माण समितिका अध्यक्ष मोहन गौरो लगायतकाकोपनि उपस्थिती थियो ।

Related posts

वीरगन्जलाई शैक्षिक हब बनाउन सबैले सहकार्य गरौँ : मेयर सिंह

MadhesKhabar

गर्मी अत्याधिक बढेपछि ठाकुरराम क्याम्पसमा तीन हप्ताको विदा

MadhesKhabar

विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरुलाई कारबाही गर्ने कलैयाका मेयर साहकाे चेतावनी

MadhesKhabar

Leave a Comment