Madhes Khabar
शिक्षा

वीरगन्जलाई शैक्षिक हब बनाउन सबैले सहकार्य गरौँ : मेयर सिंह

वीरगन्ज,१२फाल्गुनःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बैभव वीरगन्जका लागि शैक्षिक क्षेत्रको सुदृढीकरण अपरिहार्य रहेको बताएका छन्।वीरगन्जको गौतम माध्यमिक विद्यालयको ४७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन मेयर सिंहले महानगरपालिकाले शैक्षिक गुणस्तर बृद्धि र विद्यार्थीको चौतर्फी विकासका क्षेत्रमा काम गरीरहेको बताए ।

यसकासाथै उच्च शिक्षाका लागि वीरगन्ज भन्दा बाहिर जाने प्रवृतिलाई अन्त्य गर्दै वीरगन्जमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।उनले भने, ‘हामीले सोच परिवर्तन गर्ने बेला भएको छ । उच्च शिक्षाका लागि वीरगन्ज भन्दा बाहिर पठाउने गरिन्छ । यहाँकै शैक्षिक संस्थामा विश्वास नभएको हो र ?’

मेयर सिंहले भने, ‘जग नै यति बलियो छ भने घर पनि बलियो हुन्छ भन्ने विश्वास दिलाउन जरुरी छ । वीरगन्जको शैक्षिक क्षेत्रको छुट्टै इतिहास छ, अब त्यही इतिहास फेरी फर्काउने बेला भएको छ । यसका लागि सबै शिक्षाकर्मी एवम् सरोकारवालाले हातेमालो गर्न आवश्यक छ ।’

कार्यक्रममा उपस्थित अतिथीहरुलाई शब्दमार्फत स्वागत गर्दै गौतम माविकी सहायक प्रधानाध्यापिका परीक्षा लामाले ४७ वर्षमा प्रवेश गर्दाको समयमा थुप्रै उतारचढावको सामना गरेको बताइन् । २०३१ सालमा ४ जना विद्यार्थीबाट गौतम मावि सुरु भएको जानकारी गराउँदै उनले भनिन्, ‘अहिले सबै अभिभावकको रोजाईमा हामी पर्ने गर्छाै । यसका साथै हरेक वर्ष एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउने गर्दछौँ । यो हाम्रो ठूलो उपलब्धी हो ।’

कार्यक्रममा कक्षा नर्सरीदेखि ९ सम्मका १२ सय विद्यार्थीले विभिन्न क्रियाकलापमा सहभागिता जनाएको पनि उनले जानकारी गराइन् ।

Related posts

अवैध रूपमा सञ्चालित ग्यालेक्सी स्कुलमा वीरगन्ज महानगरको सिल

MadhesKhabar

सिराहामा एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक छात्रा पक्राउ

MadhesKhabar

पर्साका दलितबस्तीमा सञ्चालित निःशुल्क ट्यसुन कक्षाका बालबालिकालाई विभिन्न सामग्री सहयोग

MadhesKhabar

Leave a Comment